४५ करोडमा निर्मित गणतन्त्र स्मारकको राष्ट्रपति भण्डारीबाट उद्घाटन (फोटो फिचर )

स्मारकको उद्घाटनपछि राष्ट्रपति भण्डारीले स्मारकको अवलोकनसमेत गरेकी थिइन् । वि‍.सं.२०६९ मा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले शिलान्यास गरेको उक्त स्मारकको निर्माण निर्धारित समयावधिभन्दा झण्डै चार वर्षपछि सकिएको हो।

काठमाडौं । १२ औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । दिवसका अवसरमा नारायणहिटी दरबार परिसरमा बनाइएको गणतन्त्र स्मारकको उद्घाटन गरिएको छ । स्मारकको बुधबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी हुन् ।

स्मारकको उद्घाटनपछि राष्ट्रपति भण्डारीले स्मारकको अवलोकनसमेत गरेकी थिइन् । वि‍.सं.२०६९ मा तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले शिलान्यास गरेको उक्त स्मारकको निर्माण निर्धारित समयावधिभन्दा झण्डै चार वर्षपछि सकिएको हो।

यो स्मारक नारायणहिटी दरबारको ३५ रोपनीमा जग्गामा पनिर्माण गरिएको छ । स्मारक ४५ करोडको लागतमा निर्माण सम्पन्न भएको हो ।

गणतन्त्र स्मारक उद्घाटनको केही तस्बिरहरुः