बैङ्क तथा वित्तीय संस्थाले सुनचाँदीलाई पनि नगद जस्तै निक्षेपका रुपमा लिन पाउने

नेपाली नागरिकले आर्जन गरेको सुनचाँदी जस्ता वहुमूल्य धातुलाई निक्षेपको रुपमा स्वीकार गर्ने उल्लेख छ । यसका लागि सरकारले व्यवस्था मिलाउने बजेटमा उल्लेख छ ।

काठमाडौं । नागरिकसंग भएको सुन,चाँदीलगायत बहुमूल्य धातु पनि अब बैङ्क तथा वित्तीय संस्थाले निक्षेपको रुपमा स्वीकार गर्न पाउने भएका छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष ०७६/०७७ को बजेटमा नेपाली नागरिकले आर्जन गरेको सुनचाँदी जस्ता वहुमूल्य धातुलाई निक्षेपको रुपमा स्वीकार गर्ने उल्लेख छ । यसका लागि सरकारले व्यवस्था मिलाउने बजेटमा उल्लेख छ ।

हालसम्म नगद निक्षेप मात्र लिने गरेका बैङ्क तथा वित्तीय संस्थाले अब आफुसंग भएको वहुमूल्य वस्तु पनि नगद सरह निक्षेप स्वीकार हुने भएको हो ।

नेपाल राष्ट्र बैङ्कले ल्याउने आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा यस्तो व्यवस्था हुने छ । यो व्यवस्था आगामी आर्थिक वर्षदेखि लागु हुनेछ ।