सहयोग उठाएर कमैया बस्तीमा अध्ययनगृह निर्माण

क्रिएटिभ नेपालमा आबद्ध युवाहरुले लम्कीचुहा नगरपालिका–१ स्थित मुक्त कमैया बस्तीमा नमूना अध्ययनगृहको पक्की भवन निर्माण गरेका हुन् ।युवाहरुले एक वर्षमा भवन निर्माण सम्पन्न गरेर समुदायलाई हस्तान्तरण गरिसकेका छन् ।

लम्की । कैलालीका १३ युवाले सामाजिक सञ्जालमार्फत सहयोग जुटाएर कैलालीको लम्कीचुहास्थित मुक्त कमैया बस्तीमा विद्यालय भवन निर्माण गरेका छन् । क्रिएटिभ नेपालमा आबद्ध युवाहरुले लम्कीचुहा नगरपालिका–१ स्थित मुक्त कमैया बस्तीमा नमूना अध्ययनगृहको पक्की भवन निर्माण गरेका हुन् ।

युवाहरुले एक वर्षमा भवन निर्माण सम्पन्न गरेर समुदायलाई हस्तान्तरण गरिसकेका छन् । युवाले बडघर मैटुराम चौधरीको संयोजकत्वमा गठित पाँच सदस्यीय सञ्चालक समितिलाई भवन हस्तान्तरण गरेका छन् ।

सो भवनमा कार्यालय, पुस्तकालय र १०० जना अट्ने हल छ । सरस्वती मन्दिर भने हाल अमेरिकामा बस्दै आएका मदनराज कठायतले एक लाखको लागतमा आमाको सम्झनामा निर्माण गरिदिएका हुन् ।

क्रिएटिभ नेपालका अध्यक्ष जनक सुनारका अनुसार विद्यालय भवन निर्माणमा मात्रै ११ लाखभन्दा बढी रकम खर्च भएको छ । स्थानीयवासीले छ लाख बराबरको जनश्रमदान गरेका छन् । उनले विद्यालय भवन निर्माणका लागि रु ११ लाख १२ हजार सहयोग सङ्कलन भएको बताए ।

अध्यक्ष सुनारले भने,‘हामीले स्थानीय सुदामा चौधरीले मुक्त कमैया बस्तीका बालबालिकालाई रुखमुनि राखेर पढाइरहेको देख्यौँ । रासस