मकवानपुरमा युएसआईडीको एक अर्ब बढीको सहयोगमा सामुदायिक विद्यालय र स्वास्थ्यचौकी निर्माण सुरु

युएसआईडीको आर्थिक र प्राविधिक सहयोगमा मकवानपुरको दुर्गम तथा ग्रामीण क्षेत्रमा बेग्लाबेग्लै स्थानमा विद्यालय र स्वास्थ्यचौकी निर्माण हुन लागेको बिहीबार आयोजित समारोहमा बताइएको छ ।

हेटौँडा । भूकम्पबाट क्षतिग्रस्त भएका मकवानपुर जिल्लामा एक अर्बभन्दा बढीको लागतमा छ ओटा सामुदायिक विद्यालय र दुई स्वास्थ्यचौकी निर्माण सुरु भएको छ ।

युएसआईडीको आर्थिक र प्राविधिक सहयोगमा मकवानपुरको दुर्गम तथा ग्रामीण क्षेत्रमा बेग्लाबेग्लै स्थानमा विद्यालय र स्वास्थ्यचौकी निर्माण हुन लागेको बिहीबार आयोजित समारोहमा बताइएको छ ।

मकवानपुर गढीको वडा नं ७ मा रहेको जनता माविको निर्माण हुने भवन शिलान्यास कार्यक्रममा युएसआईडी उपनिर्देशकका एड्रिएना हेड्सले जानकारी दिएि ।

एड्रिएनाका अनुसार मकवानपुरमा महेन्द्र किरण मावि बसामाडी, भृकुटी मावि चुरियामाई, युग चेतन आधारभूत मावि, ज्ञान ज्योति मावि, वनदेवी मावि र जनता मावि तथा सुकौरा स्वास्थ्यचौकी र काँकडा स्वास्थ्यचौकी भवन निर्माण हुने बताइएको छ । ती भवन विसं २०७७ वैशाखसम्ममा पूरा हुनेछ ।

युयुएसआईडीको नेपाल सामुदायिक पुनःनिर्माण परियोजनाअन्तर्गत निर्माण सुरु भएको सो विद्यालय भवनको शिलान्यास हेटौँडा उपमहानगरका प्रमुख हरिबहादुर महतले गरेका थिए । रासस