मध्यपहाडी लोकमार्गका १३३ पुलमध्ये ७० पुल निर्माण

शुक्रबार संघीय संसदको विकास तथा प्रविधि समितिको छलफलमा सडक विभागका महानिर्देशक केशवकुमार शर्माले २७ ओटा पुल निर्माणको चरणमा रहेको जानकारी दिए ।

काठमाडौं । मध्यपहाडी ल‍ोकमार्गमा यस वर्ष ७० पुल निर्माण सम्पन्न भएका छन् । यस वर्ष १३३ पुल निर्माण गर्ने लक्ष्य भए पनि ७० पुलको निर्माण सम्पन्न भएको हो ।

शुक्रबार संघीय संसदको विकास तथा प्रविधि समितिको छलफलमा सडक विभागका महानिर्देशक केशवकुमार शर्माले २७ ओटा पुल निर्माणको चरणमा रहेको जानकारी दिए ।

उनले उक्त सडक आयोजनामा रहेका रुग्ण पुलहरुको निर्माणमा विभाग केन्द्रित भएको पनि बताए ।