जलविद्युत आयोजनामा साढे २३ अर्ब सेयर लगानी  गर्ने एचआईडीसीएलको तयारी

कम्पनीले ४२६ मेगावाटको फुकोट कर्णालीमा १० प्रतिशत सेयर लगानीका लागि निर्णय गरेको छ । आयोजनामा एचआईडीसीएलले १ अर्ब २६ करोड रुपैयाा सेयर लगानी गर्ने भएको हो ।

काठमाडौं । जलविद्युत आयोजनालाई ऋण दिदै आएको हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले अब सेयरमा पनि लगानी गर्ने भएको छ । एचआईडीसीएलले विभिन्न जलविद्युत आयोजनामा २३ अर्ब ३७ करोड रुपैयाँ सेयर लगानी गर्न लागेको छ ।

कम्पनीले ४२६ मेगावाटको फुकोट कर्णालीमा १० प्रतिशत सेयर लगानीका लागि निर्णय गरेको छ । आयोजनामा एचआईडीसीएलले १ अर्ब २६ करोड रुपैयाा सेयर लगानी गर्ने भएको हो । आयोजनाको काम अघि बढाउन एचआईडीसीएलले पहिलो चरणमा सेयर लगानी गर्न लागको अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको संस्थाको वार्षिक समीक्षामा उल्लेख छ ।

 

यो आयोजना सरकारले जनताको जलविद्युत अन्तर्गत बनाउन लागेको छ । यसमा ४९ प्रतिशत जनता र बाँकी ५१ प्रतिशत सरकारको स्वामित्व रहने छ । एचआईडीसीएलले यसअघि नै ५ ओटा जलविद्युत कम्पनीमा ३४ करोड रुपैयाँ सेयर लगानी गरेको संस्थानको समीक्षामा उल्लेख गरिएको छ । सेयर लगानी गरेको मध्ये पावर ट्रान्समिसन कम्पनी नेपाल लिमिटेडमा गरेको लगानीको लाभांश आउन सुरु भइसकेको छ ।

आगामी वर्षदेखि एचआईडीसीएलले निजी क्षेत्रबाट निर्माण हुने ५६५ मेगावाट क्षमताका ८ जलविद्युत आयोजनामा ५ अर्ब ९ करोड, सरकारी निकायबाट निर्माण हुने १ हजार ६४० मेगावाट क्षमताका विभिन्न ५ ओटा जलविद्युत आयोजनामा १६ अर्ब २१ करोड रुपैयाँ सेयर लगानी गर्ने भएको हो ।

यसैगरी निजी क्षेत्रबाट निर्माण हुने १ हजार ३३ मेगावाट क्षमताका १८ आयोजनामा १४ अर्ब १६ करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ । यसका लागि एचआईडीसीएलले स्वदेशी तथा विदेशी वित्तीय संस्थाबाट लगानी जुटाउने सार्वजनिक संस्थानको वार्षिक समीक्षामा उल्लेख गरेको छ । कम्पनीले ५४१ मेगावाटका विभिन्न १४ जलविद्युत आयोजनामा सहवित्तीयकरणमार्फत ६ अर्ब ७८ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।

आगामी वर्षदेखि एचआईडीसीएलले निजी क्षेत्रबाट निर्माण हुने ५६५ मेगावाट क्षमताका ८ जलविद्युत आयोजनामा ५ अर्ब ९ करोड, सरकारी निकायबाट निर्माण हुने १ हजार ६४० मेगावाट क्षमताका विभिन्न ५ ओटा जलविद्युत आयोजनामा १६ अर्ब २१ करोड रुपैयाँ सेयर लगानी गर्ने भएको हो ।

एचआईडीसीएलले जलविद्युत आयोजना बनाउन चीनको सीसीके होल्डिङस कम्पनी लिमिटेड, आईईजी होल्डिङ्स कम्पनी लिमिटेड कोरिया, पावर चाइना लिमिटेड, सांघाई इन्भेस्टिगेसन डिजाइन एन्ड रिसर्च इन्स्टिच्युट लिमिटेड, चीन, टोकियो इलेक्ट्रिक पावर कम्पनी होल्डिङस लिमिटेड (टेप्को) जापान र कोरियन साउर्दन पावर कम्पनी लिमिटेड (कोसपो) सँग लगानी ल्याउन समझदारीपत्रमा हस्ताक्षर (एमओयू) गरेको छ ।

२५० मेगावाटको नौमुरे बहुउद्देश्यीय आयोजना निर्माणका लागि लगानी जुटाउने सम्बन्धमा कोरियन साउदर्न पावरसँग एमओयू भएको छ । उसले जलविद्युत आयोजनमा लगानी जुटाउने एमओयूमा उल्लेख गरेको छ । कोरियन साउर्दनले नौमुरेमा लगानी गर्न इच्छा देखाएको छ । यस्तै साँघाई इन्भेस्टिगेसनले रोल्पामा रहेको १५६ मेगावाटको माडी जलाशययुक्त आयोजना बनाउने प्रस्ताव गरेको छ ।

जापानको टोकियो इलेक्ट्रिकले ४१० मेगावाटको नलगाड जलाशययुक्त आयोजना बनाउने समझदारी गरेको छ । सीसीके होल्डिङ्स, पावर चाइना र आईजीसँग एमओयू भए पनि आयोजना छनोटको चरणमा छ । चुक्ता पुँजी १० अर्ब रुपैयाँ रहेकोमा कम्पनीको सातौं वार्षिक साधारणसभाले बढाएर २२ अर्ब रुपैयाँ पु¥याएको छ ।