स्वेडा लघुवित्त मर्जरमा जाने

मर्जर र प्राप्ति प्रक्रियामा सामेल हुनका लागि अख्तियारी लिन संस्थाले असार ६ गते विशेष साधारणसभा बोलाएको छ ।

काठमाडौं । स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेड पनि मर्जर र प्राप्तिमा जाने भएको छ । मर्जर र प्राप्ति प्रक्रियामा सामेल हुनका लागि अख्तियारी लिन संस्थाले असार ६ गते विशेष साधारणसभा बोलाएको छ ।

जेठ ८ गते बसेको सञ्चालक समिति बैठकले मर्जर प्रक्रियामा जानका लागि विशेष साधारणसभा बोलाउने निर्णय गरेको थियो । संस्थाको केन्द्रीय कार्यलय धादिङ्गको धुनिवेसी नगरपालिका धार्केमा छ ।

मर्जर प्राप्ति प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने, पुँजी वृद्धि गर्ने, बिमा अभिकर्ता भई बिमाको कारोबारका साथै रेमिट्यान्स सेवा उपलब्ध गराउने प्रस्ताव सभामा पेश हुने भएको छ ।