रिलायवल हाइड्रोपावरले १८.८ मेगावाटको कुवाडीखोला आयोजना बनाउने

आयोजना सुदुरपश्चिमको बाजुराको हिमाली गाउँपालिका र हुम्लाको तान्जाकोट गाउँपालिकामा पर्छ । हिमालीको युना नजिक विद्युतगृह संरचना निर्माण गरी विद्युत उत्पादनको प्रस्ताव गरिएको छ ।

काठमाडौं । रिलायवल हाइड्रोपावर कम्पनी प्राइभेट लिमिटेडले १८.८ मेगावाट क्षमताको कुवाडीखोला जलविद्युत आयोजना बनाउने भएको छ । कम्पनीले आयोजनाको काम अघि बढाउन वातावरणिय प्रभाव मूल्याँकनको क्षेत्र निर्धारणको काम सुरु गरेको छ ।

आयोजना सुदुरपश्चिमको बाजुराको हिमाली गाउँपालिका र हुम्लाको तान्जाकोट गाउँपालिकामा पर्छ । हिमालीको युना नजिक विद्युतगृह संरचना निर्माण गरी विद्युत उत्पादनको प्रस्ताव गरिएको छ ।