सञ्चय कोषले म्युचअल फण्ड सञ्चालन गर्ने

कोषका सञ्चयकर्तालाई मात्र दिने व्यवस्थालाई हटाएर पुरा खुला गर्नका लागि ऐनमा संशोधन हुन लागेका प्रशासक तुलसी गौतमले बताए । कसरी सञ्चालन गर्ने, कोषको खाका कस्तो हुने भन्ने ऐन परिमार्जन भएपछि मात्र स्पष्ट हुने उनले जानकारी दिए ।

काठमाडौं । कर्मचारी सञ्चय कोषले पनि सामुहिक लगानी कोष (म्युचअल फण्ड) सञ्चालन गर्ने भएको छ । हाल संशोधन हुदै गरेको ऐनमा कोषलाई म्युचअल फण्ड सञ्चालन गर्न दिने नयाँ व्यवस्था गरिन लागिएको छ ।

कोषका सञ्चयकर्तालाई मात्र दिने व्यवस्थालाई हटाएर पुरा खुला गर्नका लागि ऐनमा संशोधन हुन लागेका प्रशासक तुलसी गौतमले बताए । कसरी सञ्चालन गर्ने, कोषको खाका कस्तो हुने भन्ने ऐन परिमार्जन भएपछि मात्र स्पष्ट हुने उनले जानकारी दिए । कोषका सञ्यकर्तालाई मात्र भन्दा दायरा साँघुरो भएको र यसले प्रतिफल दिन नसक्ने ठहर गर्दै पुरै क्षेत्रका लागि खुला गर्न ऐनमा संशोधन हालिएको उनले सुनाए ।

हाल वाणिज्य बैङ्कका सहायक कम्पनीले मात्र म्युचअल फण्ड निष्कासनको काम गरिरहेकोमा ऐन परिमार्जनपछि कोषले पनि म्युचअल फण्ड सञ्चालन गर्न पाउने छ । कोषले जलविद्युत, उद्योग र आवासमा लगानी गर्दै आएको छ । कोषले बजार निर्माताको काम गर्न पाउने व्यवस्था समेत गरिएको छ ।

म्युचअल फण्ड व्यवसाय सञ्चालनका अतिरित्त संचयकर्ताको लगानीमा वेतन कर्णाली जलविद्युत आयोजना निर्माण, निजी क्षेत्रका संचयकर्ताका लागि योगदानमुखी निवृत्तिभरण योजना सञ्चालनका साथै कोषको दायरा विस्तार गर्ने रहेको छ । वैदेशिक रोजगारीमा जाने कामदारको पनि संचय कोषको व्यवस्था गर्न लागेको छ ।