फिलिपिन्सको ग्रीन इनर्जीले ५०० मेगावाट सोलारबाट बिजुली उत्पादन गर्ने

सौर्य परियोजनाका लागि बोर्डले ग्रिन इनर्जीलाई ४८ करोड २४ लाख रुपैयाँ लगानी ल्याउन स्वीकृति प्रदान गरेको हो ।

काठमाडौं । लगानी बोर्डले फिलिपिन्सको ग्रिन इनर्जी सलुसन्स इंकलाई सौर्य प्रणालीबाट ५०० मेगावाट बिजुली उत्पादन गर्न अनुमति दिने निर्णय गरेको छ ।

सौर्य परियोजनाका लागि बोर्डले ग्रिन इनर्जीलाई ४८ करोड २४ लाख रुपैयाँ लगानी ल्याउन स्वीकृति प्रदान गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बसेको बोर्ड बैठकले सरकारलाई कुनै दायित्व नपर्ने गरी लुम्बिनीमा वल्र्ड वुद्धिस्ट एक्जिविसन पार्कको स्थापना तथा सञ्चालन गर्न सिल्करोड इन्टरनेसनल होल्डिङ्स कम्पनी लिमिटेडलाई अनुमति दिएको छ ।

यसैगरी फलास फलाइट लजेस्टिक कम्पनीलाई वीरगञ्ज र भैरहवामा ६ अर्ब ५१ करोड रुपैयाँमा प्राइभेट फलाइट टर्मिनल ब्लक ह्याण्डिलिङ फेसेलिटी निर्माण गर्नेका लागि अनुमति दिएको बोर्डले जनाएको छ ।