आईएमई लाइफ र गरिमा विकास बैङ्कबीच अस्योरेन्स

सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र गरिमा विकास बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी र गरिमा विकास बैङ्क काठमाडौँबीच बैङ्क अस्योरेन्स सम्झौता भएको छ । सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र गरिमा विकास बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।

बैङ्क अस्योरेन्स सम्झौतापश्चात् सर्वसाधारण तथा बैङ्कका ग्राहकहरुले गरिमा विकास बैङ्क लिमिटेडका कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बिमा गराउनुका साथै जीवन बीमासम्बन्धी जानकारी प्राप्त गर्न सक्ने बताइएको छ ।
आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ७६ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ ।