नेपाल इन्भेस्टमेन्टले जेविल्स फाइनान्सलाई एक्वायर गर्न बोलायो विशेष साधारणसभा

सभाले जेविल्सलाई प्राप्त गर्ने प्रस्ताव, समझदारी (एमओयू) मूल्याँकनकर्ताले गरेको सम्पत्ति दायित्व मुल्याँकन (डीडीए), सेयर अनुपात (स्वाप रेसियो ) र प्राप्तिलाई अन्तिम स्वीकृति दिने प्रस्ताव पारित गर्नेछ ।

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैङ्कले जेविल्स फाइनान्स लिमिटेडलाई प्राप्त (एक्वायर) गर्न असोज ६ गते विशेष साधारणसभा बोलाएको छ ।

सभाले जेविल्सलाई प्राप्त गर्ने प्रस्ताव, समझदारी (एमओयू) मूल्यांकनकर्ताले गरेको सम्पत्ति दायित्व मुल्यांकन (डीडीए), सेयर अनुपात (स्वाप रेसियो ) र प्राप्तिलाई अन्तिम स्वीकृति दिने प्रस्ताव पारित गर्नेछ ।

यता जेविल्सले पनि नेपाल इन्भेस्टमेन्टसँग प्राप्त प्रक्रियामा सहभागी हुने प्रस्तावलाई पारित गर्न सोही दिन विशेष साधारणसभा बोलाएको छ । नेपाल इन्भेस्टमेन्टको १०० कित्ता बराबर जेविल्सको ३३ कित्ता सेयर हुने गरी स्वाप रेसियो कायम भएको छ ।