ईदमा एनआईसी एसिया बैङ्कको विशेष अफर

बैङ्कले जेठ २२ देखि जेठ ३० गतेसम्म कुनै पनि नयाँ खाता खोल्दा निःशुल्क डेविट कार्ड तथा मोबाइल बैङ्ककिङ सेवा प्रदान गर्न लागेको हो ।

काठमाडौं । इस्लाम धर्मावलम्बीहरुको पवित्र चाड ईद–उल–फित्रका अवसरमा एनआईसी एसिया बैङ्कले विशेष अफर ल्याएको छ । बैङ्कले जेठ २२ देखि जेठ ३० गतेसम्म कुनै पनि नयाँ खाता खोल्दा निःशुल्क डेविट कार्ड तथा मोबाइल बैङ्ककिङ सेवा प्रदान गर्न लागेको हो ।

ईद–उल–फित्रको अवसरमा ग्राहकहरुलाई लक्षित गरि ल्याएको यो अफर डिजिटल बैङ्ककिङमा टेवा पुग्नुका बैङ्कका प्रमुख सूचना अधिकारी सुधिरनाथ पाण्डेले बताए ।