आन्दोलनको स्वरुप तयार पार्न निर्माण व्यवसायी महासंघको विषेश भेला (तस्बिरसहित)

सरकारका केही प्रतिनिधिहरुले निर्माण व्यवसायीलाई सिध्याउने रणनीतिका साथ छैठौं संशोधन गरी नियमाली ल्याएको भन्दै भेलाले देश व्यापी आन्दोलनको तयारी गर्ने जनाएको छ

काठमाडौं । सार्वजनिक खरिद नियमावली (छैठौैं संशोधन)को विरोध गर्दै आएको नेपाल निर्माण व्यवसायी महासंघको बिषेश भेला राजधानी काठमाडौंमा सुरु भएको छ । आगामी आन्दोलनको रणनीति तयार पार्ने उद्देश्यले भेलाको आयोजना गरिएको महासंघका अध्यक्ष रवि सिंहको भनाइ छ ।

सरकारका केही प्रतिनिधिहरुले निर्माण व्यवसायीलाई सिध्याउने रणनीतिका साथ छैठौं संशोधन गरी नियमाली ल्याएको भन्दै भेलाले देश व्यापी आन्दोलनको तयारी गर्ने जनाएको छ ।

भेलाको उद्घाटन समारोहलाई सम्बोद्धन गर्दै अध्यक्ष सिंहले नियमाली संशोधनको लागि प्रधानमन्त्री केपी शर्मा ओली गम्भीर रहेको पाइएको जानकारी दिए । गत जेठ १४ गते भएको भेटमा प्रधानमन्त्री ओलीले नियमावली संशोधनको लागि आफू तयार रहेको आश्वासन पाएको उनको भनाइ छ ।

‘नियमावली संशोधन हुनु अगावै पनि हामीले भौतिक पूर्वधार मन्त्री रघुबीर महासेठलाई राखेर सुझाव दिएका थियौँ ।’ अध्यक्ष सिंहले भने, ‘तर निमावली प्रकाशन भइछाड्यो । अहिले पनि चुप लागेर बस्यौँ भने ऐन पनि त्यही किसिमको आउन सक्छ त्यसैले आन्दोलनको विकल्प छैन’ ।

महासंघले गत १४ गतेबाट सरकारी ठेक्का बहिस्कार गर्दै आएको छ । यस्तै महासंघका कार्यलयमा रहेका कर्मचारीहरुले कालो पट्टी बान्ने, कालो झन्डा राख्ने, धर्ना दिने, शान्तिपूर्ण ¥याालि गर्ने, हेबी ईकुप्मेन्ट प्रदर्शन गर्ने र साउन १ बाट निर्माणको सबै काम रोक्ने तयारीमा रहेका छन् ।

महासंघको आन्दोलन प्रति लोकतान्त्रिक निर्माण व्यवसायी संघ र निर्माण व्यवसायी संघठनले ऐक्यबद्धता जनाएका छन् ।