प्राइम कमर्सियलले कन्काई विकास बैङ्क एक्वायर गर्ने, स्वाप रेसियो प्राइमको १०० बराबर कन्काईको ७१ कित्ता

प्राइम र कन्काईबीच एक्वार गर्ने विषयमा बुधबार अपराह्न ४ बजे समझदारीपत्र (एमओयू) मा हस्ताक्षर हुने भएको छ । प्राइमको १०० कित्ता बराबर कन्काइको ७१ कित्ता हुने गरी सेयर आदानप्रदान अनुपात (स्वाप रेसिया) कायम गर्ने सहमति भएको प्राइम स्रोतले बतायो ।

काठमाडौं । प्राइम कमर्सियल बैङ्कले कन्काई विकास बैङ्ककलाई प्राप्त (एक्वायर) गर्ने भएको छ । प्राइम र कन्काईबीच एक्वार गर्ने विषयमा बुधबार अपराह्न ४ बजे समझदारीपत्र (एमओयू) मा हस्ताक्षर हुने भएको छ । प्राइमको १०० कित्ता बराबर कन्काइको ७१ कित्ता हुने गरी सेयर आदानप्रदान अनुपात (स्वाप रेसिया) कायम गर्ने सहमति भएको प्राइम स्रोतले बतायो ।

प्राइमले ओम डेभलपमेन्ट बैङ्कलाई प्राप्ति गर्नका लागि एमओयू गरे पनि पछि असफल भएको थियो । ओमलाई एनएमबी बैङ्कले प्राप्ति गर्ने भएको छ ।

प्राइम बैङ्कको चुक्ता पुँजी ८ अर्ब ३ करोड रुपैयाँ छ । कन्काईको पुँजी ५१ करोड ५० लाख रुपैयाँ छ । गत चैत मसान्तसम्म प्राइमको निक्षेप ६८ अर्ब ६५ करोड र कन्काईको १ अर्ब ९२ करोड ८८ लाख १२ हजार रुपैयाँ थियो । चैत मसान्तसम्ममा प्राइमको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ६९ पैसा छ । यस्तै कन्काईको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४० पैसा छ ।

प्राइमले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ५४ करोड ७९ लाख रुपैयाँ नाफा गरेको छ । कन्काईले पनि चैत मसान्तसम्ममा ४ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । नेपाल राष्ट्र बैङ्कले दबाब दिएको र सरकारले पनि बजेटमा ठूला बैङ्कको मर्जर र प्राप्तिलाई प्रोत्साहन गरी कर छुटको समय १ वर्ष थप गरेको छ ।

यस्तै नेपाल इन्भेस्टमेन्ट बैङ्कले जेबिल्स फाइनान्स लिमिटेडलाई प्राप्त गर्न असार ६ गते विशेष साधारणसभा बोलाएका छन् । देव विकास बैङ्कले वेस्टर्न डेभलपमेन्ट बैङ्ककलाई गाभ्ने भएको छ ।

साइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कले पूर्णिमा विकास, भार्गव विकास, तिनाउ डेभलपमेन्ट बैङ्कलाई गाभ्ने भएको छ ।  झन्डै दुई दर्जन बैङ्क तथा वित्तीय संस्थाले मर्जर प्राप्ति प्रक्रियामा सामेल हुन एमओयू गरेका छन् ।