प्राइम बैङ्कले कैलाश विकास बैङ्कलाई एक्वायर गर्दै, एक दुई दिनभित्र एमओयू हुने

ढिलोमा शनिबारसम्म एमओयू भइसक्ने प्राइम स्रोतले क्यापिटल नेपाललाई बतायो ।सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) विषयमा कुरा टुङ्ग्याउन बाँकी छ ।

काठमाडौं । प्राइम कमर्सियल बैङ्कले कैलाश विकास बैङ्कलाई प्राप्ति (एक्वायर) गर्ने भएको छ । प्राप्तिको लागि एक दुई दिनभित्र समझदारीपत्र (एमओयू) मा हस्ताक्षर हुने भएको छ ।

ढिलोमा शनिबारसम्म एमओयू भइसक्ने प्राइम स्रोतले क्यापिटल नेपाललाई बतायो ।सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) विषयमा कुरा टुङ्ग्याउन बाँकी छ ।

शुक्रबार वा शनिबारसम्म एमओयू भइसक्ने स्रोतको दावी छ । यसै गरी प्राइमले कन्काई विकास बैङ्कलाई एक्वायर गर्ने भएको छ । बिहीबार दुई बैङ्कबीच एक्वायरमा जान एमओयू भएको छ ।

प्राइमको १०० कित्ता बराबर कन्काइको ७१ कित्ता हुने गरी स्वाप रेसियो कायम गर्ने सहमति भएको प्राइम स्रोतले बतायो । प्राइमले ओम डेभलपमेन्ट बैङ्लाई प्राप्ति गर्नका लागि एमओयू गरे पनि पछि असफल भएको थियो । ओमलाई एनएमबी बैङ्कले प्राप्ति गर्ने भएको छ ।

प्राइमको चुक्ता पुँजी ८ अर्ब ३ करोड रुपैयाँ छ । कन्काईको पुँजी ५१ करोड ५० लाख रुपैयाँ छ । गत चैत मसान्तसम्म प्राइमको निक्षेप ६८ अर्ब ६५ करोड र कन्काईको १ अर्ब ९२ करोड ८८ लाख १२ हजार रुपैयाँ थियो ।

कन्काईले पनि चैत मसान्तसम्ममा ४ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । नेपाल राष्ट्र बैङ्कले दबाब दिएको र सरकारले पनि बजेटमा ठूला बैङ्को मर्जर र प्राप्तिलाई प्रोत्साहन गरी कर छुटको समय १ वर्ष थप गरेको छ ।