सनराइज बैङ्कको सीईओमा निरजकुमार श्रेष्ठ नियुत्त

यसअघि उनी माछापुच्छ्रे बैङ्कको सीईओ थियो । सञ्चालकसंग दुरी बढेपछि उनले माछापुच्छ्रे छाडेको थिए ।

काठमाडौ । सनराइज बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरजकुमार श्रेष्ठ नियुक्त भएका छन् । बैङ्कको बुधबार बसेको सञ्चालक समिति बैठकले श्रेष्ठलाई सीईओमा नियुत्त गर्ने निर्णय गरेको हो ।

उनले चार बर्षका लागि सनराइजको कमाण्ड सम्हाल्ने छन् । कार्यकाल पुरा गरेर रत्नराज बज्राचार्य बाहिरिएपछि सनराइज सीईओविहीन थियो । यसअघि उनी माछापुच्छ्रे बैङ्कको सीईओ थियो । सञ्चालकसंग दुरी बढेपछि उनले माछापुच्छ्रे छाडेको थिए ।

श्रेष्ठले स्ट्यान्डर्ड चार्टर्ड बैङ्क, एनआईसी एसिया, ग्लोबल आईएमई बैमा काम गरिसकेका छन् । उनले झण्डै ३ दशक यस क्षेत्रमा बिताएका छन ।