पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो

धादिङको रोराङ गाउँपालिका वडा नम्बर १० बेनिघाटमा पहिरोका कारण हजारौं यात्रु अलपत्र परेका थिए ।

चितवन । गएरातीको भारी बर्षाका कारण गएको पहिरोका कारण अबरुद्ध पृथ्वीराज मार्ग अन्तर्गत धादिङ वेनिघाटको सडक खुलेको छ ।
धादिङको रोराङ गाउँपालिका वडा नम्बर १० बेनिघाटमा पहिरोका कारण हजारौं यात्रु अलपत्र परेका थिए ।

राति आएको अविरल वर्षाका कारण पहिरो गएको र पहिरोकै कारण राजधानी काठमाडौं जाने बाटोसमेत बन्द भएको थियो । चितवन र धादिङबाट गएका डोजरले पहिरो हटाईबाटो खुलाएको चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए ।