पपुलिस्ट वामपन्थीको उदयसँगै ल्याटिन अमेरिकी अर्थतन्त्र धराशायी

सबै तानाशाही नेताहरु सिङ्गापुरको संस्थापक ली क्यान यू जतिकै प्रतिस्पर्धी र सक्षम थिए भने अमेरिकाको पछिल्लो राजनीतिक विकास यति तनाव दिने किसिमको हुने थिएन । तर मेक्सिको, ब्राजिल र अर्जेन्टिनाका पपुलिस्टको हकमा यस्तो भएन ।

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पल अधिकांश समय समाचार हेडलाइनहरुमा छाइरहेका छन् । तर उनी मात्र विश्वका अपवाद होइनन् । अहिले विश्वभर पपुलिस्ट तानाशाहहरु अस्वभाविक रुपमा शक्तिमा उदीयमान बन्दै छन् र यो शृङ्खला अन्य कतै पनि त्यति मात्रामा देखिएको छैन, जति ल्याटिन अमेरिकी मुलुक मेक्सिकोमा वामपन्थी राष्ट्रपति एन्ड्रेस मैन्युल लोपेज ओब्राडर एएमएलओ र ब्राजिलमा दक्षिणपन्थी राष्ट्रपति जैर बोल्सोनारो निर्वाचित भएपछि देखिएको छ ।

अमेरिकी नागरिकहरु ट्रम्पको तानाशाही प्रवृत्तिको गुनासो गर्ने कुरामा सही छन् । तर चिलीका पूर्ववित्तीय मन्त्री एन्ड्रेस भेलास्कोले अमेरिकीहरुलाई ल्याटिन अमेरिकी पपुलिस्टहरुको तुलनामा ट्रम्प केवल एउटा सिकारु मात्र भएको स्पष्ट पारिदिएका छन् ।

त्यसो त मेक्सिकन र ब्रजिलियन अर्थशास्त्रले पनि ह्युगो चाभेज र वर्तमान राष्ट्रपति निकोलस मादुरोको छत्रछायाँमा बाँचिरहेको भेनेजुएलाको जस्तो दुर्भाग्य बेहोर्नु नपर्ला । चाभेज र मादुरोले ल्याटिन अमेरिकाकै धनाढ्य मुलुक जुन विश्वको एक चौथाइ तेलको खानी छ, त्यस्तो मुलुकलाई १० लाख प्रतिशत मुद्रास्फीति र ९० प्रतिशतमाथिको गरिबीमा पुर्याए । भेनेजुएलाका तीन करोड २० लाख जनतामध्ये ४० लाखले देश छोडेर भागिसकेका छन् र मादुरोले यो वर्ष पनि सत्ताको बागडोर नछोड्ने भए यो वर्ष यो संख्यामा दुई गुणा वृद्धि हुने पूर्वानुमानहरुले देखाइसकेका छन् । वास्तवमा भेनेजुएलाले ट्रम्पकालीन आर्थिक प्रतिबन्धमा त्यति कष्ट बेहोर्नुपरेन, जति उसले आफ्नै पपुलिस्ट नेताको समयमा बेहोर्नुपर्यो । ट्रम्प प्रशासन सुरु हुनभन्दा धेरै वर्ष अघिदेखि नै भेनेजुएला ओरालो लागिरहेको थियो, उसका सामाजिक तथा आर्थिक सूचकहरु अत्यधिक खस्किएका सङ्केत देखिइरहेको थिए ।
एएमएलओले पनि पछिल्लो वर्ष सामान्य नागरिकहरुको जीवनस्तरमा सुधार ल्याउने वाचाका साथ चाभेजले जस्तै दुई दशकअघि सत्तामा प्रवेश गरे । एएमएलओको पहिलो पदकीय कार्य रह्यो मेक्सिको सहरमा ३० प्रतिशत काम सम्पन्न भइसकेको अत्यावश्यक नयाँ विमानस्थलको निर्माण कार्यलाई रद्द गर्ने जसको पछाडिको कारणको आधार भनेको एयरलाइन्स धनाढ्यहरुका भन्ने मानसिकता थियो । त्यस परियोजनालाई उल्ट्याइसकेपछि उनले नयाँ विमानस्थल परियोजना ल्याए जसलाई उनले एकदमै अव्यावहारिक, दुर्गम हिमाली क्षेत्रमा सुरु गरे जसको सम्पन्न हुने सम्भावना पनि कम थियो ।

मेक्सिकोका राष्ट्रपति एएमएलओले चुनावी अभियानताका भ्रष्टचार अन्त्य गर्ने बाचा गरे पनि उनको सरकारले ७० प्रतिशतभन्दा धेरै ठेक्का प्रतिस्पर्धात्मक प्रणालीलाई त्यागेर आफ्नो अनुकूलकालाई ती उपहारस्वरूप वितरण गर्यो । ट्रम्पले जस्तै उनले पनि मिडियाको आलोचनालाई ‘फेक न्युज’ भन्दै खारेज गरिदिए र मिडियाकर्मीलाई ‘राम्रो व्यवहार गर अन्यथा तिमीहरुलाई थाहा छ के हुन्छ ?’ भन्ने किसिमका चेतावनी दिए । अझै विश्वका लगानीकर्ताहरु एएलएमओले अहिलेसम्म केन्द्रीय बैङ्कलाई एक्लै बनाएको वास्तविकताबाट उत्साहित छन् ।

तर मेक्सिकोमा बजार मूल्य व्यापक रुपमा वृद्धि नभए पनि भेनेजुएलाको खतरा नदेखिए पनि, अधिकांश वामपन्थी झुकाव राख्ने सेलिब्रेटी, लेखक, प्राज्ञिक र राजनीतिज्ञहरु जसले कुनै समय भेनेजुएलाका चाभेजलाई प्रशंसा गरेर शिखर चढाएका थिए, अहिले उनीहरु एएलएमओलाई स्पष्ट रुपमा बाहिर देखिने तवरले उक्साइरहेका छैनन् । भेनेजुएलाको नाजुक अवस्थालाई आफ्नो राजनीतिक फाइदामा रुपान्तरण गरिरहेको ट्रम्पलाई देखेर एएलएमओको समाजवादी महत्वाकाङ्क्षाप्रति सहानुभूति व्यक्त गर्ने बाहिरी मानिस सचेत हुन खोज्दै छन् । यसमा पक्कै पनि एउटा अपवादका रुपमा भने रहेका छन् बेलायती लेबर दलका वामपन्थी नेता जेरेमी कोर्बान, जो लामो समयदेखि भेनेजुएलाका भ्रष्ट चाभिस्ट कार्यकालका समर्थक हुन् । उनी २०१८ को डिसेम्बरमा एएलएमओको शपथ ग्रहणमा उपस्थित भए ।

एएमएलओले लेटिन अमेरिकाको दोस्रो ठूलो अर्थतन्त्रमा खतरा पुर्याइरहँदा अर्कोतर्फ बोल्सोनारोले सो क्षेत्रकै ठूलो अर्थतन्त्रलाई खतरामा पुर्याएका छन् । पुरानो कार्यकालले ब्रजिल आफ्नो भरपूर प्राकृतिक स्रोतसाधन र प्रतिभावान् नागरिकको साथमा भविष्यको अग्रणी मुलुक बन्ने र सधैं बनिरहने बताइरहँदा, अहिलेका नयाँ राष्ट्रपति बोल्सोनारो जो पूर्वसेना क्याप्टेन हुन्, जो जनतालाई सशस्त्र बनाउन चाहन्छन् र अमेजनको ठूलो घाँसे मैदान क्षेत्र ‘स्वाथ’ मास्न चाहन्छन्, उनी विद्यार्थी आन्दोलन, वातावरणविद् र समलिङ्गी अधिकारकर्मीहरुको आलोचनाको केन्द्र बन्दै छन् । न्युयोर्कका मेयर बिल डी ब्लासियोको आलोचनापछि व्यापक विरोधको आकलन गर्दै हालै उनले न्युयोर्कको एउटा भ्रमण पनि रद्द गरेका छन् ।

गृहदेश ठीक अवस्थामा छैन । बोल्सोनारोको अप्रुभल रेटिङ उनी सत्तामा आएयता आधाले ओरालो लागेको छ । सत्ता आरोहरणका प्राथमिक चरणमा देखिएका काण्डहरुले ब्रजिलियन सरकारलाई नै धराशायी बनाएको भ्रष्टाचारको हैजालाई अन्त्य गर्न उनी असक्षम छन् भन्ने देखाइसकेको छ ।

अवस्था थप जर्जर बन्दै छ, जहाँ ल्याटिन अमेरिकाको तेस्रो ठूलो अर्थतन्त्र अर्जेन्टिना आगामी अक्टोबरमा सम्पन्न हुने राष्ट्रपतीय चुनावपछि भ्रष्ट, तानाशाही समाजवादी शासनको चङ्गुलमा जाँदै छ । देशका तत्कालीन राष्ट्रपति मौरिसियो म्याक्री सन् २०१५ मा सत्तामा आएका थिए । म्याक्रीले सत्तामा पुग्न आफ्नो चुनावी अभियानमा पूर्वराष्ट्रपति नेस्टर क्रिक्च्नर र उनकी श्रीमती फर्नान्डेज डी क्रिक्च्नरले सन् २००० मा देशको कृषि निर्यातबाट आएको फाइदालाई गरेको दुरुपयोगलाई मूल मुद्दा बनाए आर्थिक स्वच्छता फिर्ता ल्याउने वाचा गरेका थिए । तर म्याक्रीले पनि ठूलो अप्ठ्यारो अवस्था ल्याए । ठूलो बजेट घाटा र सिमित ऋण माग क्षमता मात्र होइन, उनले केही घातक गल्ती पनि गरे ।
करिब ३० प्रतिशत पुगिसकेको मुद्रास्फीतिलाई तल झार्न म्याक्रीको सरकारले मुद्रा वृद्धिको दरको गतिलाई बिस्तार बनाए र वित्तको वैकल्पिक स्रोत खोजी गरे । तर अधिकारीहरुले सर्ट विदेशी डलर ऋण सहायतामा निर्भर हुने बाटो रोजे, जुन एउटा क्लासिक मिस्टेक थियो र अर्जेन्टिना चाँडै नै ती ऋण तिर्न नसक्ने अवस्थामा पुग्यो । अहिले विनिमय दर पूरै भताभुङ्ग भएको छ भने मुद्रास्फीति दर ५० प्रतिशतभन्दा माथि पुगेको छ । क्रिक्च्नरको दल पुनः शक्तिमा फर्किने सम्भवना बलियो छ ।

यी सबै तानाशाही नेताहरु सिङ्गापुरको संस्थापक ली क्यान यू जतिकै प्रतिस्पर्धी र सक्षम थिए भने अमेरिकाको पछिल्लो राजनीतिक विकास यति तनाव दिने किसिमको हुने थिएन । तर मेक्सिको, ब्राजिल र अर्जेन्टिनाका पपुलिस्टको हकमा यस्तो भएन । यस्तै अवस्था रहँदा लेटिन अमेरिका अनन्तकालका लागि भविष्यको क्षेत्र रहनेछ ।

प्रोजेक्ट सिन्डिकेटमा प्रकाशित केनेथ रोगोफको विचारको अनौपचारिक अनुवाद