एनआईसी एयिसाका सुदीप खनालले छाडे जागिर

केही समयअघि मात्रै नेपाल एसबीआई बैङ्क छाडेर एनआईसी एसियामा आवद्ध भएका थिए । तर, छोटो अवधिमै उनले एनआईसी छाडेका छन् । उनले एनआईसी एसिया छाडेको बैंकले पनि पुष्टी गरेको छ ।

काठमाडौं । एनआइसी एसिया बैङ्कका ‘चीफ कर्पोरेट एन्ड प्रायोरिटी लोन्स अफिसर–चिफ सर्पोट अफिसर’ सुदीप खनालले जागिर छाडेका छन् । खनालले घरायसी समस्या देखाउँदै एनआइसी एसिया बैङ्क छाडेको बताइएकोे छ ।

केही समयअघि मात्रै नेपाल एसबीआई बैङ्क छाडेर एनआईसी एसियामा आवद्ध भएका थिए । तर, छोटो अवधिमै उनले एनआईसी छाडेका छन् । उनले एनआईसी एसिया छाडेको बैंकले पनि पुष्टी गरेको छ ।

एनआइसी एसिया बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्यौपानेले खनालले पारिवारिक समस्या देखाउँदै राजीनामाा दिएको बताए । ‘एनआईसी एसिया छाडेर अन्यत्र जान लाग्नु भएको होइन,’ उनले भने, ‘पारिवारिक व्यवसाय धेरै भएको र त्यसलाई सम्हाल्न जान थाल्नु भएको हो ।’ एनआईसी एसियामा संस्थागत सुशासनको समस्या देखिएको भन्दै नेपाल राष्ट्र बैंकले केही फाइलहरुलाई आफ्नो निगरानीमा राखेको छ ।