अर्घाखाँचीको पीपीसी सिमेन्ट बजारमा, ओपीसीको तुलनामा १४ प्रतिशत सस्तो

अर्घाखाँचीको पीपीसी सिमेन्टले शुक्रबार नेपाल गुणस्तर चिह्नसमेत प्राप्त गरिसकेको मुरारकाको भनाइ छ । ओपीसीबाट उत्पादन सुरु गरेको कम्पनीले पाँच वर्षपछि पीपीसी सिमेन्ट बजारमा ल्याएको र परीक्षण गर्दा उत्कृष्ट रहेको कम्पनीले दाबी गरेको छ ।

काठमाडौं । स्वदेशी लगानीको सबैभन्दा ठूलो उद्योग अर्घाखाँची सिमेन्टले पहिलो पटक पोर्टल्यान्ड पोजोनाला सिमेन्ट (पीपीसी) को उत्पादन बजारमा ल्याएको छ ।

पाँच वर्ष अघिदेखि अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपीसी) उत्पादन बजारमा ल्याएको कम्पनीले अहिले पीपीसी सिमेन्ट बजारमा ल्याएको कम्पनीका सञ्चालक पशुपति मुरारकाले जानकारी दिए ।

अर्घाखाँचीको पीपीसी सिमेन्टले शुक्रबार नेपाल गुणस्तर चिह्नसमेत प्राप्त गरिसकेको मुरारकाको भनाइ छ । ओपीसीबाट उत्पादन सुरु गरेको कम्पनीले पाँच वर्षपछि पीपीसी सिमेन्ट बजारमा ल्याएको र परीक्षण गर्दा उत्कृष्ट रहेको कम्पनीले दाबी गरेको छ ।

मुरारकाका अनुसार ओपीसी सिमेन्टमा ९५ प्रतिशत क्लिङ्कर मिसाइएको हुन्छ भने पीपीसीमाा ७५ प्रतिशत क्लिङ्कर, २५ फ्लायर्स र ५ प्रतिशत जिप्समको प्रयोग हुन्छ ।

ठुल्ठूला पूर्वाधार निर्माणमा ओपीसी सिमेन्टको प्रयोग भए पनि व्यक्तिगत घर निर्माण गर्न पीपीसी सिमेन्टको प्रयोग बढिरहेको छ । पीपीसी सिमेन्ट ओपीसीको तुलनामा सस्तो भएकाले पनि यसको माग बढेको र अर्घाखाँचीले पनि उत्पादन बजारमा ल्याएको मुरारकाले जानकारी दिए ।

उनका अनुसार ओपीसीभन्दा पीपीसी सिमेन्ट १४ प्रतिशतसम्म सस्तो हुन्छ । त्यसैगरी कम्पनीले उपभोक्तालाई चिन्न सजिलो होस् भनेर पहेंलो बोरामा पीपीसी उत्पादन गरेको छ ।

कम्पनीले पीपीसी उत्पादनका लागि छुट्टै लाइनको समेत व्यवस्था गरेको छ । केही उद्योगले एउटै लाइनबाट ओपीसी तथा पीपीसी सिमेन्ट बनाउने गरेका छन् । एउटै लाइनबाट दुई थरी सिमेन्ट बनाउँदा गुणस्तरमा केही समस्या आउने भएकाले कम्पनीले फरक फरक लाइनबाट सिमेन्ट उत्पादन गरिरहेको मुरारकाले जानकारी दिए ।

अर्घाखाँची सिमेन्टले गत वर्ष मात्रै क्षमता बढाएर ३ हजार टन पु¥याएको थियो । तीन हजार टन क्षमता पु¥याएपछि स्वदेशी लगानीको सबैभन्दा ठूलो उद्योगको समेत परिचय बनाएको हो ।