जापानको तोसिवाले मध्य मेवा जलविद्युतमा लगानी गर्ने

आयोजना मेवा डेभलपर्स प्राइभेट लिमिटेडमार्फत निर्माण हुने भएको छ । तोसिवाको ६० प्रतिशत र बाँकी ४० प्रतिशत नेपालीको स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको सीईका अध्यक्ष तथा प्रवन्ध निर्देशक विजयराज भण्डारीले बताए ।

काठमाडौं । जापानको तोसिवा पावर कम्पनी लिमिटेडले प्रस्तावित ४९ मेगावाट क्षमताको मध्य मेवा (मिडिल मेवा) जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । तोसिवाले नेपालको सीई कन्ट्रक्सनसंगको साझेदारीमा मध्य मेवा आयोजना बनाउन लागेको हो ।

आयोजना मेवा डेभलपर्स प्राइभेट लिमिटेडमार्फत निर्माण हुने भएको छ । तोसिवाको ६० प्रतिशत र बाँकी ४० प्रतिशत नेपालीको स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको सीईका अध्यक्ष तथा प्रवन्ध निर्देशक विजयराज भण्डारीले बताए ।

सीई र तोसिबाबीच आयोजना विकासका लागि समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । आयोजना बनाउन ९ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

अर्को साताभित्र तोसिवासंग लगानी सम्झौता हुने संभावना रहेको उनले जानकारी दिए । ‘तोसिवाले लगानीका लागि एमओयू गरेको छ हेरौ के गर्छ ?’ उनले क्यापिटल नेपालसंग भने ‘तोसिवा आएन भने पनि नेपालीसंगको साझेदारीमा बनाउन छौ।’

सम्झौता र लगानी व्यवस्थापनको सबै काम सकेर आउँदो अक्टुबससम्म मिडिल मेवा ठेक्का सम्झौता आगामी अक्टोबरसम्म ठेक्का सम्झौता सम्पन्न गर्ने उनले बताए । तोसिबा आएमा लगानी सम्झौता हुनेछ ।

तोसिबाले यो आयोजनामा गरेको लगानी फिर्ता नलैजाने सहमति गरेको छ । मध्य मेवा अर्धजलाशययुक्त (पीआरओआर) प्रकृतिको अयोजना हो । आयोजनाको उचाइ (हेड) ४६० मिटर रहेको छ ।

वार्षिक २९ करोड युनिट बिजुली उत्पादन हुने संभाव्यता अध्ययनले देखाएको छ । दैनिक ६ घण्टा पुर्ण क्षमतामा सञ्चालन गर्न सकिने कम्पनीले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणसंग विद्युत खरिदबिक्री सम्झौता (पीपीए) भइसकेको छ । हाल विस्तृत इन्जिनियरिङ्गकोे काम भइरहेको छ । मध्य मेवा सन २०२३ मा सम्पन्न गर्ने लक्ष्य छ ।आयोजना ताप्लेजुङमा पर्छ ।