प्राइम बैङ्कले ललितपुर फाइनान्सलाई एक्वायर गर्ने

कन्काई विकास बैङ्क तथा ललितपुर फाइनान्सलाई प्राप्ति पश्चात प्राइमको शाखा संख्या ९२ हुनेछ ।

काठमाडौं । प्राइम कमर्सियल बैङ्कले ललितपुर फाइनान्स लिमिटेडलाई प्राप्ति (एक्वायर) गर्ने भएको छ । प्राप्ति सम्वन्धी सहमतिपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।

एमओयूमा प्राइमका तर्फबाट अध्यक्ष उदयमोहन श्रेष्ठ र ललितपुरका अध्यक्ष दीपक महर्जनले हस्ताक्षर गरेका छन् । कन्काई विकास बैङ्क तथा ललितपुर फाइनान्सलाई प्राप्ति पश्चात प्राइमको शाखा संख्या ९२ हुनेछ ।