मुक्तिनाथ विकास बैङ्कले ६१ करोड हकप्रद सेयर निष्कासन गर्ने

हकप्रद निष्कासनपछि बैङ्कको चुत्तापुँजी बढेर ३ अर्ब २० करोड रुपैयाँ पुग्ने छ । राष्ट्रियस्तरको विकास बैङ्कका लागि न्युनतम पुँजी २ अर्ब ५० करोड रुपैयाँ तोकिएको छ ।

काठमाडौं । मुक्तिनाथ विकास बैङ्कले चुत्तापुँजी बढाउन २० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैङ्कले ६१ करोड २९ लाख ५२ हजार रुपैयाँ बराबरको ६१ लाख २९ हजार ५२० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

मुक्तिनाथले हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । हाल मुक्तिनाथको चुत्तापुँजी २ अर्ब ५९ करोड १७ लाख रुपैयाँ रहेको छ ।

हकप्रद निष्कासनपछि बैङ्कको चुत्तापुँजी बढेर ३ अर्ब २० करोड रुपैयाँ पुग्ने छ । राष्ट्रियस्तरको विकास बैङ्कका लागि न्युनतम पुँजी २ अर्ब ५० करोड रुपैयाँ तोकिएको छ । हकप्रद निष्कासन तथा बिक्री प्रवन्धकमा भिवोर क्यापिटल लिमिटेड रहेको छ ।