ग्लोबल आईएमईका दुई शाखारहित बैङ्किङ सेवा

लम्जुङको सोतीपसलमा खोलिएको सेवाको उद्घाटन मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले गरेका छन् । स्थानीय बाबुराम पुरीलाई त्यस शाखारहित बैङ्किङ सेवाको व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

 

ग्लोबल आइएमई बैङ्कले बिहीबारदेखि तनहुँको भानु नरपालिका–१० कालीमाटीमा आफ्नो ७१ औँ र लम्जुङको मध्यनेपाल नगरपालिका–३ सोतीपसलमा ७२औँ शाखारहित बैङ्किङ सेवा सुरु गरेको छ ।

तनहुँको कालिमाटीमा खोलिएको शाखारहित बैङ्किङ सेवाको उद्घाटन भानु नरपालिकाका मेयर उदयराज गौलीले गरेका छन् । स्थानीय उपेन्द्रबाबु तिवारीलाई शाखारहित बैङ्किङ सेवाको व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

लम्जुङको सोतीपसलमा खोलिएको सेवाको उद्घाटन मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले गरेका छन् । स्थानीय बाबुराम पुरीलाई त्यस शाखारहित बैङ्किङ सेवाको व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका क्षेत्रका बासिन्दा बैङ्किङ सेवा लिन टाढाटाढासम्म पुग्नुपर्ने बाध्यतालाई दृष्टिगत गरी ग्लोबल आईएमई बैङ्कले ती स्थानमा शाखारहित बैङ्किङ सेवा सुरु गरेको हो ।

ग्लोबल आईएमई बैङ्कले सबै क्षेत्र र वर्गसम्म बैङ्किङ सेवाको पहुँच पु¥याउने उद्देश्यले १ सय १५ वटा शाखा, १२७ वटा एटिएम, चारओेटा एक्सटेन्सन काउन्टर, १४ ओटा राजस्व सङ्कलन काउन्टर र ७२ ओटा शाखारहित बैङ्किङ सेवामार्फत आफ्ना ग्राहकमाझ सेवा प्रदान गर्दै आएको छ ।