कञ्चनपुरमा अवरुद्ध विद्युत् सेवा सुचारु गर्न राष्ट्रियसभा सदस्यहरूकाे माग

सुदूरपश्चिमबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसदहरू महेशकुमार महरा, चक्र स्नेही र हरिराम चौधरी ‘उत्सव’ले मन्त्री पुनलाई भेटेर यथाशीघ्र विद्युत् सुचारु हुने व्यवस्था मिलाउन माग गरेका हुन् ।

कैलाली–कञ्चनपुरमा आएको भीषण हावाहुरीपछि अवरुद्ध विद्युत् सेवा सुचारु गर्न माग गर्दै राष्ट्रियसभा सदस्यहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन ‘अनन्त’सँग भेटवार्ता गरेका छन् ।

सुदूरपश्चिमबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसदहरू महेशकुमार महरा, चक्र स्नेही र हरिराम चौधरी ‘उत्सव’ले मन्त्री पुनलाई भेटेर यथाशीघ्र विद्युत् सुचारु हुने व्यवस्था मिलाउन माग गरेका हुन् ।
सांसदहरूसँगको छलफलपछि मन्त्री पुनले तत्कालै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आवश्यक बन्दोबस्त मिलाउन निर्देशन दिएका छन् ।