एक महिनापछि मेलम्चीको बाँकी काम अघि बढ्ने : सीएमसीबाट भुक्तानी नपाएका ठेकेदारले काम अड्काउने चिन्ता

मुख्य ठेकेदार कम्पनीका लागि टेन्डर आह्वान भइसकेको र एक महिनाभित्र आर्थिक र प्राविधिक प्रस्ताव मूल्याङ्कन गरिसकिने जनाइएको छ । कम्पनी छनोट गरी तत्काल बाँकी काम सुरु गरिने मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्यराज कँडेलले जानकारी दिए ।

काठमाडौं । अबको एक महिनापछि मेलम्ची खानेपानी आयोजनाका बाँकी काम अघि बढ्ने भएका छन् । इटालियन ठेकेदार कम्पनी कोअपरेटिभ मुरातोरी सिमेन्टिस्टी (सीएमसी) भागेपछि सरकारले फास्ट ट्रयाकमा आयोजनाका बाँकी काम अघि बढाउने योजना बनाएको हो ।

मुख्य ठेकेदार कम्पनीका लागि टेन्डर आह्वान भइसकेको र एक महिनाभित्र आर्थिक र प्राविधिक प्रस्ताव मूल्याङ्कन गरिसकिने जनाइएको छ । कम्पनी छनोट गरी तत्काल बाँकी काम सुरु गरिने मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्यराज कँडेलले जानकारी दिए । उनले कुनै पनि बाधा अड्चन नआए एक वर्षभित्र बाँकी काम पूरा गरी उपत्यकाबासीलाई मेलम्चीको पानी दिन सकिने बताए ।

आयोजनामा देखिएको समस्याको मुख्य गाँठो फुक्यो, अब कहिलेदेखि आयोजनाको बाँकी काम सुरु गर्नुहुन्छ भन्ने क्यापिटल नेपालको प्रश्नमा उनले भने, ‘मुख्य ठेकेदारको टेन्डर भइसकेको छ । साना खालका काम एक हप्ताभित्र टुङ्ग्याउछौं । एक महिनापछि बाँकी काम गर्न सुरु हुन्छ ।’

आचार्यले सीएमसीले भुक्तानी नदिएका स्वदेशी निर्माण व्यवसायीले काममा बाधा पु¥याउन सक्ने बताए । मेलम्ची खानेपानीको अहिले ९७ प्रतिशत निर्माण सम्पन्न भएको छ । सीएमसी भागेपछि करिब ४ महिना आयोजना अन्योलमा पर्यो ।