कुमारी बैङ्क र ह्याम्सबीच सम्झौता

सम्झौताअनुसार हस्पिटलका विभिन्न स्वास्थोपचार सेवा शुल्कमा ग्राहकवर्गले कुमारी बैङ्कको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

काठमाडौं । आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैङ्क लिमिटेड र हस्पिटल फोर अड्भान्स्ड एन्ड मेडिसिन सर्जरी (ह्याम्स)बीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ ।

कुमारी बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी र ह्याम्सका अध्यक्ष आरएस् भण्डारीले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार हस्पिटलका विभिन्न स्वास्थोपचार सेवा शुल्कमा ग्राहकवर्गले कुमारी बैङ्कको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

बैङ्कले आफ्ना देशव्यापी ९३ शाखा सञ्जाल, ८७ एटीएम तथा ३ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैङ्किङ सुविधा प्रदान गर्दै आएको छ ।