इन्भेष्टमेन्ट बैंङ्कको २ अर्ब ऋणपत्र बिक्री

बिक्री भएपछि बिहीबारदेखि निष्कासन बन्द हुने निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ ।

काठमाडौं । । नेपाल इन्भेष्टमेन्ट बैंङ्कले निष्कासन गरेको ऋणपत्र (डिवेञ्चर) सबै बिक्री भएको छ । बिक्री भएपछि बिहीबारदेखि निष्कासन बन्द हुने निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ ।

लगानीयोग्य पुँजी जुटाउन इन्भेस्टमेन्टले ऋणपत्र निष्कासन गरेको हो । बैंङ्कले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गरेको छ । वार्षिक १०.५ प्रतिशत ब्याज दिने ऋणपत्र २०८२ मा फिर्ता हुने छ ।

१ अर्ब २० करोड रुपैयाँ संस्थागत र ८० करोड रुपैयाँ सर्वसाधारणलाइ निष्कासन गर्ने बैङ्कले जनाएको छ ।