एपोलो हस्पिटल र साङ्ग्रिला बैङ्कबीच सम्झौता

एपोलो हस्पिटलले साङ्ग्रिला डेभलपमेट बैङ्कका ग्राहक, सेयरधनी कर्मचारी र तिनका परिवारले सेवा लिँदा १० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रममा बैङ्क र अस्पतालबीच साझेदारी भएको हो ।

यस सम्झौता अनुरुप विकास बैङ्कका ३ लाख भन्दा बढि ग्राहकहरु, १५ हजार भन्दाबढी सेयरधनीहरु, ४ सय भन्दा बढी कर्मचारीहरु तथा तिनका परिवारहरुले सुलभ तरिकाबाट गुणस्तरीय सेवा लिन सक्ने छन् । सो सेवा लिन ग्राहकहरुले बैङ्कले प्रदान गर्ने भिषा डेबिट कार्ड लिनुपर्ने व्यबस्था रहेको छ ।

कार्यक्रममा साङ्ग्रिला बैङ्कका कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेल र एपोलो हस्पिटलका प्रबन्धक निर्देशक अशोक बाजपाईंले साझेदारी पत्रमा हस्ताक्षर गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै बाजपाइले एपोलो हस्पिटल दक्षिण एसियाकै एक उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्ने हस्पिटलको रुपमा रहेको र नेपालीहरुको पहिलो रोजाइमा रहेको समेत उनले जनकारी दिए ।
बैङ्कका अध्यक्ष प्राध्यापक डा. रविन्द्रप्रसाद श्रेष्ठले ग्राहकलाई मात्रै नभई सम्पूर्ण नेपालीले भारतमा स्वास्थ्य सेवा लिन सहज हुने जानकारी दिएका छन् ।