कम्पनीले संयुक्त अधिराज्य बेलायत, संयुक्त राज्य अमेरिका र युरोपमा रहेका सेवाग्राहीहरूलाई लक्ष्यत गरी गत डिसेम्बर १५ देखि दुई महिने स्किम सार्वजनिक गरेको थियो ।
‘आइएमई गरौँ, आईफोन एक्स जितौँ भन्ने मूल सन्देशका साथमा आईएमई लिमिटेडले सञ्चालन गरेको स्किमको दोस्रो तथा अन्तिम विजेता राजेश राई र लालबहादुर गुरुङ् भएका छन् । कम्पनीले संयुक्त अधिराज्य बेलायत, संयुक्त राज्य अमेरिका र युरोपमा रहेका सेवाग्राहीहरूलाई लक्ष्यत गरी गत डिसेम्बर १५ देखि दुई महिने स्किम सार्वजनिक गरेको थियो ।
स्किमअन्तर्गत नेपालमा पैसा लिने सेवाग्राहीमध्येबाट हरेक दिन पाँच जना भाग्यशाली विजेतालाई प्रतिव्यक्ति २ ओटा चन्द«ागिरि केवलकारका टिकट र प्रत्येक महिना एकजना भाग्याशाली विजेतालाई ‘आईफोन एक्स’ उपलब्ध गराएको थियो ।
भाग्यशाली विजेता छनोट कार्यक्रममा संयुक्त अधिराज्य बेलायतबाट नेपालमा आइएमई गरी कुल ३४ हजार ४ सय ३६ रुपैयाँ पठाउने आइएमई सेवाग्राही राई भाग्यशाली छनोट भएका हुन् ।
योजना अवधिमा विदेश स्थित आईएमईका व्यावसायिक साझेदार संस्थाहरु मनिग्राम, एक्सप्रेस मनी र इन्स्टेन्ट क्यासमार्फत आईएमई गरी नेपाल पठाएको पैसा लिने सेवाग्राहीहरू मध्येबाट लालबहादुर गुरुङ्ग भाग्यशाली विजेता छनोट भएका छन् । साइप्रसबाट मनिग्राममार्फत पठाएको पैसा नेपालमा आईएमईमार्फत लिने गुरुङ्ग भाग्यशाली विजेता घोषित भएका हुन् ।