आईएमई डिजिटल र सिद्धार्थ बैङ्कबीच सम्झौता

आईएमई डिजिटलका तर्फबाट प्रमुख सञ्चालन अधिकृत डेनियल डी श्रेष्ठ र सिद्धार्थ बैङ्क लिमिटेडको तर्फबाट भुक्तानी विभागप्रमुख सुरेश महर्जनले बुधवार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

आईएमई ग्रुपद्वारा प्रवर्द्धित ‘आईएमई डिजिटल’ र सिद्धार्थ बैङ्कबीच ‘आईएमई पे’ मोबाइल मनीमार्फत विभिन्न प्रकारका वित्तीय सेवा उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

आईएमई डिजिटलका तर्फबाट प्रमुख सञ्चालन अधिकृत डेनियल डी श्रेष्ठ र सिद्धार्थ बैङ्क लिमिटेडको तर्फबाट भुक्तानी विभागप्रमुख सुरेश महर्जनले बुधवार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार सिद्धार्थ बैङ्क लिमिटेड ‘आइएमई डिजिटल’को बैङ्किङ साझेदार संस्था भएको र बैङ्कले चाँडै नै सेवाग्राहीहरूलाई आईएमई पे वालेटमा बैङ्क लिङ्क गर्ने लगायत बैङ्क खाताबाट वालेटमा र वालेटबाट बैङ्क खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू प्रदान गर्नेछ । साथसाथै सिद्धार्थ बैङ्कका सेवाग्राहीहरुले ‘आईएमई पे’मा उपलब्ध रिचार्ज र विभिन्न प्रकारका अनलाइन भुक्तानी सेवाका अतिरिक्त मनी ट्रान्सफरसम्बन्धी सुविधा पनि प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ ।