ग्लोबल आईएमई बैङ्कका थप दुई शाखारहित बैङ्किङ सेवा

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यी क्षेत्रका बासिन्दा बैङ्किङ् सेवा उपभोग गर्न टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आईएमई बैङ्कले ती स्थानहरुमा शाखारहित बैङ्किङ्ग सेवा सुरु गरेको हो ।

ग्लोबल आईएमई बैङ्कले फागुन १९ गते शनिबारदेखि मोरङ्ग जिल्लाको पथरी शनिश्चरे नरपालिका वडा नं. ४, कुशल चोकमा ७३ औँ र सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका वडा नंं. ६, कठौना बजारमा ७४ औँ शाखारहित बैङ्किङ् सेवा सुरु गरेको छ ।
मोरङ् जिल्लाको कुशल चोकमा खोलिएको शाखारहित बैङ्किङ् सेवाका लागि स्थानीय सोमनाथ आचार्यलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । त्यसैगरी सोहि मितिमा सप्तरी जिल्लाको कठौनामा खोलिएको सेवाका लागि स्थानीय शिवनारायण चौधरीलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यी क्षेत्रका बासिन्दा बैङ्किङ् सेवा उपभोग गर्न टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आईएमई बैङ्कले ती स्थानहरुमा शाखारहित बैङ्किङ्ग सेवा सुरु गरेको हो ।

ग्लोबल आईएमई बैङ्कले सबै क्षेत्र र वर्गसम्म बैङ्किङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १२० ओटा शाखा, १२८ ओटा एटीएम, ४ ओटा एक्सटेन्सन काउण्टर, १४ ओटा राजश्व सङ्कलन काउन्टर र ७४ ओटा शाखारहित बैङ्किङ् सेवामाफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । त्यस्तै बैङ्कले अत्याधुनिक प्रविधियुुक्त भाइबर बैङ्किङ सेवा, मोबाइल बैङ्किङ सेवा, इन्टरनेट बैङ्किङ सेवाका साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्पर्क कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । त्यसैगरी बैङ्कले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।