विदेशीलाई रोजगारी दिने मुलुक पनि हो नेपाल

आर्थिक बर्ष २०७२÷७३ मा एक हजार ४ सय ८४ जनाले श्रम स्वीकृति लिएर नेपाल आएका थिए । त्यसैगरी, गत आर्थिक वर्ष २०७३÷७४ मा अन्य मुलुकबाट रोजगारीको सिलसिलामा नेपाल भित्रिनेको सङ्ख्या बढेर १ हजार २ सय ४५ जनामा आइपुगेको श्रम विभागको तथ्याङ्कले देखाएको छ । आर्थिक बर्ष २०७२÷७३ को तुलनामा गत आबमा विदेशी कामदारको सङ्ख्या ३८ प्रतिशतले वृद्धि भएको देखिएको छ । श्रम विभागको तथ्याङ्क अनुसार चालु आर्थिक बर्ष २०७४÷७५ को माघ महिना सम्ममा श्रम स्वीकृति लिने कामदारको जम्मा सङ्ख्या ९ सय ६७ पुगेको छ ।

नेपालबाट मात्रै नभई नेपाललाई रोजगार गन्तव्य मुलुक मानेर काम गर्न आउने सङ्ख्या पनि बढ्दै गएको छ ।  एकातिर नेपालबाट रोजगारीको सिल्सिलामा विदेशिनेक्रम बढिरहकै बेला विदेशबाट पनि नेपालमा काम गर्न आउने सङ्ख्या बढ्दै गएको एक तथ्याङ्कले देखाएको छ ।

आर्थिक बर्ष २०७२÷७३ मा एक हजार ४ सय ८४ जनाले श्रम स्वीकृति लिएर नेपाल आएका थिए । त्यसैगरी, गत आर्थिक वर्ष २०७३÷७४ मा अन्य मुलुकबाट रोजगारीको सिलसिलामा नेपाल भित्रिनेको सङ्ख्या बढेर १ हजार २ सय ४५ जनामा आइपुगेको श्रम विभागको तथ्याङ्कले देखाएको छ । आर्थिक बर्ष २०७२÷७३ को तुलनामा गत आबमा विदेशी कामदारको सङ्ख्या ३८ प्रतिशतले वृद्धि भएको देखिएको छ ।
श्रम विभागको तथ्याङ्क अनुसार चालु आर्थिक बर्ष २०७४÷७५ को माघ महिना सम्ममा श्रम स्वीकृति लिने कामदारको जम्मा सङ्ख्या ९ सय ७६ पुगेको छ ।

विभागकोे पछिल्लो तथ्याङ्कमा श्रम स्वीकृति नविकरण गर्नेको सङ्ख्या भने गत महिनाको तुलनामा बढेर ५ सय ३५ जना पुगेका छन् । गत महिना श्रम स्वीकृति नविकरण गर्ने ४ सय ३९ थिए ।

 

पछिल्लो समय नेपालमा जलविद्युत आयोजनालाई सरकारले प्राथमिकता दिँदै आएकाले त्यतातिर कामदारको सङ्ख्या बढेको विभागले जनाएको छछ । नेपालमा खासगरी भारत तथा चीनबाट सबैभन्दा बढी कामदारर नेपाल आउने गरेका छन् । विभागका अनुसार नेपालमा प्राविधिक जनशक्ति आउने गरेका छन् । नेपालमा ठुल्ठूला परियोजान निर्माण भइरहेको र त्यहाँ काम गर्ने कामदार विदेशबाट आउने गरेको विभागले जनाएको छ ।

जलविद्युत्, तथा सडक पूर्वाधारमा क्षेत्रमा कम्तीमा १० हजार भन्दा बढी भारतीय नागरिकले काम गरिरहेको हुन सक्ने विभागका कर्मचारीको अनुमान छ । विदेशी भुमिमा काम गर्ने नेपालीहरुले लिने गरेको पारिश्रमिकको तुलनामा नेपाल आएर काम गर्नेको विदेशिको पारिश्रमिक पनि बढि छ । नेपाली कामदारले खाडी तथा अन्य मुलुकमा काम गरे बापत अघिकतम ४० देखि ५० हजार रुपैयाँ कमाउँदै आएका छन् ।