लुम्बिनी र सुर्या लाईफबीच बैंकान्सुरेन्स सम्झौता

लुम्विनी विकास बैंकले आफ्ना निक्षेपकर्ता तथा ऋणीहरुलाई बैंक मार्फत जीवन बीमा सेवा उपलव्ध गराउने उद्देश्यले सुर्या लाईफ इन्स्योरेन्ससंग सम्झौता गरेको छ । उक्त सम्झौतामा बैंकका तर्फवाट प्रमूख कार्यकारी अधिकृत झलकप्रसाद खनाल र इन्स्योरेन्सका तर्फवाट प्रमूख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि ग्राहकहरुले बैंकका सवै शाखा कार्यालयहरुमार्फत सुर्या लाईफ इन्स्योरेन्सका विभिन्न प्रकारका जीवन बीमा सेवाहरु प्राप्त गर्न, वीमा शूल्क भूक्तानी गर्न, वीमालेख लिन तथा वीमा दावी भूक्तानी सहज रुपमा प्राप्त गर्न सक्नेछन् ।