लघुवित्त विज्ञ मेघराज गजुरेल पोखरास्थित स्पर्स लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा नियुक्त भएका छन् । उक्त वित्तीय संस्थाको गत आइतवार बसेको ३१ औ बैठकले उनलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।
गजुरेलको कृषि बिकास बैङ्क, एनसिसी बैङ्क र आरएमडिसी समेतमा गरेर ३८ बर्ष बैंकिङ् क्षेत्रको नीति निमार्णको तहमा सेवा गरेको अनुभव रहेको छ । जनप्रशासनमा स्नाकोत्तर गरेका गजुरेल लघुवित्तको क्षेत्रमा बिशेषज्ञको रुपमा चर्तित छन् । हाल उनी विभिन्न लघुवित्त वित्तीय संस्थाहरुको तालिम तथा सेमिनारहरुमा श्रोत व्यक्तिको रुपमा काम गर्दै आएका छन् ।
“हामीले अहिले सम्मा १५ वटा शाखा मार्फत करिब ५,५०० विपन्न सदस्यहरुलाई २० करोड लगानी गरी करिब ३ करोड बचत संकलन गरिसकेको छौं” संस्थाका प्रमुख कार्यकारी अघिकृत सजल खड्काले भने । स्पर्स लघुवित्तले कास्की, वाग्लुङ्ग, म्याग्दी, लमजुङ्ग, तनहुँ, नवलपरासी, पर्वत, गुल्मी, अर्घाखाँची र गोरखा जिल्लाका बैंकिङ्ग पहुँच नपुगेका गाउँपालिकाहरुमा केन्द्रित भई समावेशी लघुवित्त कार्यक्रम संचालनमा ल्याएको छ ।