सात ओटै प्रदेशको सरकारी जग्गा सेजको नाममा ल्याउने तयारी

‘अहिले सरकारी जग्गा सेजको नाममा ल्याउने काम अघि बढेको छ,’ प्राधिकरणका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले क्यापिटल नेपालसँग भने, ‘सात ओटै ठाउँको जग्गा सेजको नाममा ल्याउने र सँगसँगै सेज निर्माणका लागि डीपीआर पनि बनाउने काम अघि बढ्छ ।’ सरकारले अहिले भैरहवामा मात्रै विशेष आर्थिक क्षेत्रको निर्माण गरेको छ । त्यो प्रदेश नम्बर पाँचमा पर्छ । त्यस बाहेक अन्य प्रदेशमा सेज स्थापना भएका छैनन् ।

विशेष आर्थिक क्षेत्र (सेज) बनाउन सरकारले उपलब्ध गराएको जग्गा विशेष आर्थिक क्षेत्र विकास प्राधिकरण (सेज)को नाममा ल्याउने काम सुरु भएको छ ।

सरकारले सात ओटै प्रदेशमा सेज निर्माण योजना अघि सारेसँगै सेजको कार्यालयले ती जग्गालाई आफ्नो नाममा ल्याएर विस्तृत अध्ययन प्रतिवेदन (डीपीआरर) बनाउने भएको हो ।

‘अहिले सरकारी जग्गा सेजको नाममा ल्याउने काम अघि बढेको छ,’ प्राधिकरणका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले क्यापिटल नेपालसँग भने, ‘सात ओटै ठाउँको जग्गा सेजको नाममा ल्याउने र सँगसँगै सेज निर्माणका लागि डीपीआर पनि बनाउने काम अघि बढ्छ ।’
सरकारले अहिले भैरहवामा मात्रै विशेष आर्थिक क्षेत्रको निर्माण गरेको छ । त्यो प्रदेश नम्बर पाँचमा पर्छ । त्यस बाहेक अन्य प्रदेशमा सेज स्थापना भएका छैनन् ।

सरकारले सबै प्रदेशमा जग्गा छनोटको कार्य सकेको छ । कतिपय प्रदेशको जग्गा सेजको नाममा ल्याउने तयारी अन्तिम चरणमा पुगेको भट्टले जानकारी दिए । खासगरी, प्रदेश नम्बर चारको गोरखा जिल्लामा सेज स्थापना हुन्छ । त्यहाँको जग्गा लगभग सेजको नाममा ल्याउने काम अन्तिम चरणमा पुगेको छ । त्यसैगरी, विराटनगरको जग्गा सेजको नाममा ल्याउन विभिन्न निकायसँग छलफल भइरहेको छ ।

उनका अनुसार औद्योगिक क्षेत्रको रुपमा चिनिएका प्रदेशको जग्गा सेजको नाममा ल्याउन अलि कठिन भएको हो । अहिले खासगरी, प्रदेश नम्बर १ को विराटनगरको जग्गा सेजको नाममा ल्याउन समस्या भइरहेको छ । त्यसैगरी, प्रदेश नम्बर दुईको जग्गा पनि सेजको नाममा ल्याउन केही समस्या भइरहेको भट्टले जानकारी दिए । तर, त्यस बाहेकका प्रदेशले उपलब्ध गराएको जग्गा सेजको नाममा ल्याउन साखै समय नलाग्ने उनको भनाइ छ ।

एकै ठाउँमा विभिन्न प्रकारका उद्योग स्थापना गर्ने र सबै सुविधा एकै ठाउँमा उपलब्ध गराउन सजिलो हुने भएकाले सरकारले सेज निर्माणलाई विशेष प्रथामिकता दिएको हो ।

सबै सेवा सुविधालाई एकीकृत गर्ने भनेर सन २००१ बाट भैरहवामा सेज निर्माण कार्यको थालनी भए पनि हालसम्म सञ्चालनमा आउन सकेको छैन । भैरहवा सेजको तुलनामा सात प्रदेशमा बन्न भनेको सेजको प्रगति उच्च देखिएको छ ।