एभरेष्ट बैङ्कको शाखा बनेपामा

एभरेष्ट बैङ्कले बनेपामा नयाँ शाखा विस्तार गरेको छ । काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिम्खडा, बैङ्कका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले उक्त शाखाको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य सुर कृष्ण बैद्य, स्थानीय वाणिज्य सङ्घका पदाधिकारीहरु, काठमाडौ विश्वविद्यालय तथा धुलिखेल अस्पतालका वरिष्ठ पदाधिकारीहरु, सुरक्षा निकायका प्रतिनिधिहरु, स्थानीय तथा सामाजिक सङ्घ संस्थाका प्रतिनिधिहरु तथा बैङ्कका अन्य बरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो ।

एभरेष्ट बैंकले हाल आफ्ना ७० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ९७ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।