एनआईसीकाे ‘धनवर्षा मुद्दती खाता’ याेजना शुक्रबारसम्म

एनआईसी एसिया बैङ्ककाे  ‘धनवर्षा मुद्दती खाता’ याेजना अागामी शुक्रबारसम्म जारी रहने जानकारी दिएकाे छ । बैंकले  फागुन ११ गतेदेखि वार्षिक १२ प्रतिशत ब्याजदर रहेको र वार्षिक १० प्रतिशत ब्याजदर भएको ‘समुन्नति प्लस बचत खाता’ बन्द गर्ने भएको हो । बैङ्कले मङ्गलबार जनताबीच अत्यन्त लोकप्रियता हासिल गरेको दुवै योजना आगामी शुक्रबारबाट बन्द गर्ने जनाएको छ । बैङ्कले निक्षेपमा उच्च ब्याज...

एनआईसी एसिया बैङ्ककाे  ‘धनवर्षा मुद्दती खाता’ याेजना अागामी शुक्रबारसम्म जारी रहने जानकारी दिएकाे छ । बैंकले  फागुन ११ गतेदेखि वार्षिक १२ प्रतिशत ब्याजदर रहेको र वार्षिक १० प्रतिशत ब्याजदर भएको ‘समुन्नति प्लस बचत खाता’ बन्द गर्ने भएको हो । बैङ्कले मङ्गलबार जनताबीच अत्यन्त लोकप्रियता हासिल गरेको दुवै योजना आगामी शुक्रबारबाट बन्द गर्ने जनाएको छ ।

बैङ्कले निक्षेपमा उच्च ब्याज दिएको परिस्थितिमा नेपाल बैङ्कर्स सङ्घसँग ब्याजदरलगायतका विषयमा असमझदारी बढेको र समग्रमा अर्थतन्त्रको सर्वाङ्गीण हित हुने गरी अघि बढ्ने मान्यताअनुरूप यी योजना बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

बैङ्कको कुल कर्जा १ खर्ब ४ अर्ब र कुल निक्षेप १ खर्ब २४ अर्ब छ भने १ सय ८३ शाखामार्फत वित्तीय सेवा दिइरहेको छ ।

याे पनि पढ्नुहाेस 

बैङ्ककाे ब्याजदर, भद्र सहमतिको व्यापार