दुई वर्षभन्दा बढी समयदेखि खाली बसेका गौतम तीन महिनाअघि मात्रै इक्रा नेपाल लिमिटेडको सीईओ नियुक्त भएका थिए ।
सेञ्चुरी कमर्सियल बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तुल्सीराम गौतम नियुक्त भएका छन् । दुई वर्षभन्दा बढी समयदेखि खाली बसेका गौतम तीन महिनाअघि मात्रै इक्रा नेपाल लिमिटेडको सीईओ नियुक्त भएका थिए ।
सेन्चुरीले २०७५ वैशाख १९ देखि लागू हुने गरी ४ वर्षका लागि नियुक्ति दिएको हो । यसअघि उनले माछापुच्छ्र«े बैङ्कको सीईओको रुपमा ४ वर्ष बिताएका थिए । त्यसअघि १० वर्ष नेपाल एसबीआई बैङ्कमा बिताएका उनले त्यहाँ कर्जा विभाग प्रमुखसम्मको जिम्मेवारी सम्हालेका थिए ।
सेन्चुरीले केही समयअघि अनिलकेशरी शाहलाई सीईओ नियुक्त गरेपनि तलबमानमा कुरा नमिलेर उनी नबिल बैङ्कको डेपुटी सीईओ भएर गएपछि सेन्चुरीले उनको नियुक्ति खारेज गरेको थियो । अर्थशास्त्रमा स्नातक गौतम मार्केटिङ र फाइनान्समा स्नातकोत्तर गरेका छन् । ३६ वर्षअघि नेपाल बैङ्कबाट सेवा सुरु गरेका उनले तत्कालीन नेपाल इन्डोस्वेज बैङ्कमा समेत काम गरेको अनुभव छ ।