कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा नवनियुक्त न्यौपाने यसअघि बैङ्कको सहायक प्रमुख कार्यकारी अधिकृत थिए ।
एनआर्इसी एसिया बैङ्कको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा रोशनकुमार न्यौपाने नियुक्त भएका छन् । बैङ्कको शुक्रबार बसेको सञ्चालक समिति बैठकले न्यौपानेलाई उक्त पदमा नियुक्त गरेको हो । यसैगरी बैङ्कका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले दिएको राजीनामा स्वीकृत भएको छ । कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा नवनियुक्त न्यौपाने यसअघि बैङ्कको सहायक प्रमुख कार्यकारी अधिकृत थिए ।