सीआईबी प्रमुख पुष्कर कार्कीले बैङ्कमा भएको आर्थिक अनियमितताको विषयमा छानबिन गर्न बैङ्कका केही अधिकारीहरुलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एनसीसी बैंकको मुख्यालयमा छापा मारी दुई दर्जनभन्दा बढी अधिकृतलाई नियन्त्रणमा लिएको छ ।
शुक्रबार बैङ्कको बोर्ड बैठक बसिरहेको बेला सीआईबी एनसीसीको मुख्यालयमा पुगेको हो ।
एनसीसीसँग नेपाल श्रीलङ्का मर्चेन्ट बैङ्किङ एन्ड फाइनान्स मर्ज हुँदा १ अर्ब ५० करोड ९६ लाख रुपैयाँ हिनामिना भएको आरोपमा सीआईबीले बैङ्कका अधिकारीहरुलाई नियन्त्रणमा लिएको हो ।
सीआईबी प्रमुख पुष्कर कार्कीले बैङ्कमा भएको आर्थिक अनियमितताको विषयमा छानबिन गर्न बैङ्कका केही अधिकारीहरुलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।