मुक्तिनाथको सीईओमा पोखरेल

१९९१ मा नबिल बैङ्कबाट बैङ्किङ करिअर सुरु गरेर १९ वर्ष बिताएका पोखरेल मार्केटिङकमा स्नातकोत्तर हुन् ।

मुक्तिनाथ विकास बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रद्युम्न पोखरेल नियुक्त भएका छन् । शुक्रबार बसेको बैङ्क सञ्चालक समितिको आगामी चार वर्षका लागि पोखरेललाई सीईओको जिम्मेवारी सुम्पेको हो । डेढ वर्षअघि उनी मेगा बैङ्क नेपालबाट मुक्तिनाथको डेपुटी सीईओ नियुक्त भएका थिए ।

वर्तमान सीईओ भरत ढकालको कार्यकाल वैशाख अन्तिममा सकिने भएपछि पोखरेललाई जिम्मेवारी दिइएको छ । ढकाल मुक्तिनाथ बैङ्क स्थापना भएदेखि नै बैङ्कका सीईओ हुन् । मुक्तिनाथ २०६३ पुसदेखि सञ्चालनमा आएको हो । राष्ट्र बैङ्कले दुई कार्यकालभन्दा बढी एउटै संस्थामा सीईओ हुन नपाउने भएपछि ढकाल बाहिरिन लागेका हुन् । १९९१ मा नबिल बैङ्कबाट बैङ्किङ करिअर सुरु गरेर १९ वर्ष बिताएका पोखरेल मार्केटिङकमा स्नातकोत्तर हुन् ।