बिहीबार प्रतिकित्ता २ सय ८० रुपैयाँमा कारोबार भएको एनसीसीको सेयर आईतबार साढे ११ बजेतिरै २ सय ६८ रुपैयाँमा झरेको छ ।
नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैङ्कको सेयर किन्ने चाप बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आईतबार विहानैदेखि मूल्य घटाएर सेयर किन्न चाहनेको सङ्ख्या बढेको हो । गत शुक्रबार एनसीसी बैङ्कमा १ अर्व ५० करोड ९६ लाख रुपैयाँ घोटाला भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले बैङ्कका सञ्चालक (तत्कालिन एपेक्स) डेभलपमेन्ट बैङ्कका अध्यक्षसहित १३ जनालाई पक्राउ परेपछि बैङ्कको सेयर मूल्यमा चाप पर्ने धेरैको अनुमान सुरुवाती चरणमा सही सावित भएको छ ।
बिहीबार प्रतिकित्ता २ सय ८० रुपैयाँमा कारोबार भएको एनसीसीको सेयर आईतबार साढे ११ बजेतिरै २ सय ६८ रुपैयाँमा झरेको छ । यद्यपी एनसीसी बैङ्कका बारेमा अहिले आएको घोटाला प्रकरण नयाँ भने होइन । घोटाला भएको रकम मर्ज हुँदाकै बखत जोखिम व्यवस्थापन (प्राभिजिनिङ) गरिसकेकाले नयाँ संरचनामा कुनै समस्या पर्दैन ।
तरपनि लगानीकर्ताको मनोबल भने केही खस्किएको देखिन्छ । समग्रमा सेयर परिसूचक नेप्से बढिरहेका बेला एनसीसीको सेयर भने घटेको छ । अहिले पनि बजारमा एनसीसीको सेयर कम मूल्यमा उठाउन लगानीकर्ताले ठूलो कित्ता माग गरिरहेका छन् भने विक्रेताले बढी मूल्यमा कम सेयर मात्रै विक्रीका लागि राखेका छन् ।
सोढ ११ बजेसम्म एनसीसीको ४४ हजार ३ सय ९४ कित्ता सेयरको माग भईरहेको छ भने विक्रीका लागी भने ६ हजार ५ सय १८ कित्ता मात्रै उपलब्ध छ । विक्रेताले प्रतिकत्तिा २ सय ७४ देखि २ सय ८४ रुपैयाँसम्म मूल्य लगाएका छन् भने क्रेताले २ सय ६४ देखि २ सय ६८ रुपैयाँ मात्र तिर्न तयार भएका छन् । अहिलेसम्म नेप्सेमा सबैभन्दा बढी एनसीसीको ७७ लाख २९ हजार रुपैयाँ सेयर किनबेच भईसकेको छ ।