पाँच देशबाट रेमिट्यान्स सेवा सुरु गर्दै एनआइसी एशिया बैंक

एनआइसी एशिया बैंक लिमिटेडले पाँच मुलुकबाट नेपालमा रेमिट्यान्स भित्राउन दुई रेमिट्यान्स कम्पनीसँग सम्झौता गरेको छ । बैंकले मलेसियाको म्याक्स मनी एडिएन बिएचडीसँग सम्झौता गरेको छ । बैंकले म्याक्ससँगको सहकार्यमा इनवार्ड रेमिटेन्सको सुरुवात गर्न लागेको हो ।

त्यस्तै बैंकले मौरिसस, कतार, यूएई र साउदी अरबबाट पनि नेपालमा रेमिट्यान्स भित्राउन मौरिससको एम एण्ड एम रेमिटसँग सम्झौताा गरेको छ ।

म्याक्स र एम एण्ड एमसँग सम्झौता गरेर बैंकले गत फागुन २७ गते राष्ट्र बैंकबाट स्वीकृत समेत लिएको थियो । म्याक्सको मलेसियामा अवस्थित २१ वटा शाखाहरुबाट नेपालमा रेमिट्यान्स सेवा पाउन सकिने बैंकले जनाएको छ । पाँच मुलुकबाट पठाएको रेमिट्यान्स नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी एनआइसी एशिया रेमिट मार्फत रकम बैंकका मुलुकभर फैलिएको १८४ वटा शाखाहरु र ४ हजार ६ सय भन्दा बढि सहायक प्रतिनिधिहरु मार्फत सरल रुपमा भुक्तानी पाउन सकिने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले जानकारी दिए