एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउन्टर बिराटचोक

देशको कुना–कुनामा बैङ्किङ सेवा पु¥याउने उद्देश्यका साथ एभरेष्ट बैङ्कले विभिन्न स्थानहरुमा आफ्नो शाखा विस्तार गर्दै गएको छ । यसै क्रमलाई निरन्तरता दिँदै बैङ्कले मोरङको बिराटचोकमा आफ्नोे नयाँ एक्सटेन्सन काउन्टरको सुरुवात गरेको छ ।

सुन्दर हरैचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल, एभरेष्ट बैकका प्रमुख कार्यकारी अधिकृत सोमेस्वर सेठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । कार्यक्रममा सुन्दर हरैचा उद्योग बाणिज्य संघका अध्यक्ष नवराज चापागाई, बरिष्ठ उद्योगी भोला दुलाल, बैकका नायव महप्रबन्धकहरु लगायत स्थानीय तथा सामाजिक संघ संस्थाका पदाधिकारीहरुको पनि उपस्थिति थियो ।

एभरेष्ट बैङ्कको विराटनगर शाखाको भवन उद्घाटन

प्रदेश नं १ का मुख्यमन्त्री शेरधनले एभरेष्ट बैङ्कको बिराटनगर शाखाको नवर्निमित भवनको औपचारिक उद्घाटन गरेका छन् । बिराटनगरमा भएको उक्त समुद्घाटन कार्यक्रममा प्रदेश नं १ का गृह तथा कानुन मन्त्री हिक्मत कुमार कार्की, अर्थ तथा योजना मन्त्री इन्द« बहादुर आङबो, बैङ्कका संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ, स्थानीय वाणिज्य संघका पदाधिकारीहरु, सुरक्षा निकायका प्रतिनिधिहरु, स्थानीय तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरु तथा बैंकका अन्य बरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो ।

एभरेष्ट बैंकले हाल आफ्ना ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।