चार शाखा थप्दै महालक्ष्मी विकास बैङ्क

महालक्ष्मी विकास बैङ्कले एक साथ चार शाखा सञ्चालनमा ल्याउने भएको छ । बैंकले बाजुराको मार्तडी, बझाङको चैनपुर, बैतडीको पाटन र दाङको घोराहीमा शाखा सञ्चालनमा ल्याउन लागेको हो । यी चारै शाखा १४ मंसिरदेखि सञ्चालनमा आउने बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले बताए ।

सुदूरपश्चिमको बाजुरा, बझाङ र बैतडीमा शाखा खोल्ने राष्ट्रिय स्तरको पहिलो विकास बैङ्क महालक्ष्मी हो । नयाँ शाखाहरुसहित बैङ्कको शाखा संख्या ७० पुग्ने छ भने एटिएम संख्या ३५ छ । बैंकले छिटै दार्चुलाको गोकुलेश्वरमा पनि शाखा सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

विकास बैङ्कहरुमा सबैभन्दा बढी चुक्ता पुँजी भएको महालक्ष्मी विकास बैङ्कले कात्र्तिक मसान्तसम्म २५ अर्ब ४३ करोड रुपँैया निक्षेप संकलन गरी २० अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।