बैङ्कले यस सम्बन्धमा म्याक्स मनी मलेसियासँग सम्झौता गरी नेपाल राष्ट्र बैङ्कबाट २०७४/११/२७ मा स्वीकृति प्राप्त गरेसँगै मलेसियाबाट इनवार्ड रेमिटेन्स सुरु गर्न लागेको हो ।
एनआईसी एसिया बैङ्क लिमिटेडले Max Money Sdn. Bhd सँगको सहकार्यमा मलेसियाबाट इनवार्ड रेमिटेन्स सुरु गर्न लागेको छ । बैङ्कले यस सम्बन्धमा म्याक्स मनी मलेसियासँग सम्झौता गरी नेपाल राष्ट्र बैङ्कबाट २०७४/११/२७ मा स्वीकृति प्राप्त गरेसँगै मलेसियाबाट इनवार्ड रेमिटेन्स सुरु गर्न लागेको हो ।
उक्त सम्झौताअनुसार Max Money Sdn. Bhd द्यजम को मलेसियामा अवस्थित २१ ओटा शाखाहरुबाट नेपालमा रहेका आफन्त वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी एनआईसी एसिया रेमिट मार्फत पठाएको विप्रेषण रकम यस बैङ्कका मुलुकभर फैलिएका एक सय ८४ ओटा शाखाहरु र ४ हजार ६ सयभन्दा बढी सहायक प्रतिनिधिहरुमार्फत् सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ ।