निजी क्षेत्रले जति गर्यो, त्यसको तुलनामा राज्यले कति गर्यो ?

निजीक्षेत्रले औषधि उद्योग, सिमेन्ट उद्योग खोलेका छन् । रड तथा अन्य उत्पादनमा निजीक्षेत्रको ठूलो लगानी छ । जलविद्युत् आयोजनामा खर्बौं रुपैयाँ लगानी गरेका छन् । निजीक्षेत्रले हवाईक्षेत्रमा पनि ठूलो लगानी गरेको छ । शिक्षामा अर्बौं रुपैयाँ लगानी भएको छ । तर, राज्यले २६ वर्षको अवधिमा कुनकुन ठाउँको एयरपोर्टको क्षमता विस्तार गरेको छ ? यसबीचमा कतिओटा नयाँ एयरपोर्ट बनेको छ ? उद्योगधन्दा भएको ठाउँसम्म पुग्ने सडक पहुँच र बिजुली कति दिएको छ ?

राज्यले २०४६ सालको परिवर्तनपछि गरेको एउटा मात्रै काम भनेको उदार अर्थनीति हो । त्यही उदारनीतिका कारण आज निजीक्षेत्रका तर्फबाट यति ठूलो लगानी भएको छ । नयाँनयाँ परियोजनाको पहिचान गरेर त्यसका लागि आवश्यक लगानी जुटाउने काम निजीक्षेत्रले गरेको छ । निजीक्षेत्रले यत्रो काम गर्दा यो अवधिमा राज्यबाट के के काम भयो ? कुन कुन काममा राज्यले सफलता पायो ? यसको समीक्षा हुनु जरुरी छ ।

राज्यको काम भनेको उद्योगधन्दा चलाउने होइन र किन नचलाएको भनेर प्रश्न गर्ने पनि होइन । राज्यले उद्योगधन्दा खोल्नका लागि आवश्यक वातावरण बनाउने हो । त्यसमा कति सफलता हात पारेको छ । त्योचाहिँ महङ्खवपूर्ण कुरा हो ।

निजीक्षेत्रले औषधि उद्योग, सिमेन्ट उद्योग खोलेका छन् । रड तथा अन्य उत्पादनमा निजीक्षेत्रको ठूलो लगानी छ । जलविद्युत् आयोजनामा खर्बौं रुपैयाँ लगानी गरेका छन् । निजीक्षेत्रले हवाईक्षेत्रमा पनि ठूलो लगानी गरेको छ । शिक्षामा अर्बौं रुपैयाँ लगानी भएको छ । तर, राज्यले २६ वर्षको अवधिमा कुनकुन ठाउँको एयरपोर्टको क्षमता विस्तार गरेको छ ? यसबीचमा कतिओटा नयाँ एयरपोर्ट बनेको छ ? उद्योगधन्दा भएको ठाउँसम्म पुग्ने सडक पहुँच र बिजुली कति दिएको छ ? यसलाई हामीले बुझ्नुपर्छ । किनकि, यो राज्यले गर्नुपर्ने काम हो । उद्योगधन्दा खोल्नका लागि चाहिने जग्गा व्यवस्था गर्न राज्यतर्फबाट कति पहल भएको छ ? स्थानीयस्तरमा देखिएका समस्या समाधान गर्न सरकारले के पहल गरेको छ ? यो विषयमा समीक्षा गरेर अघि बढ्नुपर्छ ।

राज्यले बनाएका आर्थिक नीतिहरुले के साँच्चिकै देशमा लगानी भिœयाउँछन् त ? उद्योगी व्यवसायीलाई निरुत्साहित गर्ने कुन कुन नीति समयसापेक्ष बनाइएको छ ? यसको जवाफ खोजिनुपर्छ ।

निजीक्षेत्रकै देनले आज नेपालमा ठुल्ठूला रोगको उपचार सम्भव भएको छ । ठुल्ठूला पूर्वाधार बनाउन आवश्यक कच्चापदार्थ नेपालमै उत्पादन हुन्छ । कुनै जमानमा हवाईजहाजमा यात्रा गर्ने कुराको कल्पनासमेत गर्न सकिँदैन थियो । तर, आज जुन क्षेत्रमा पनि सहज रुपमा सुविधा उपलब्ध हुन थालेको छ । यो सबै निजीक्षेत्रकै कारण सम्भव भएको हो ।

शर्मा : नेपाल उद्योग परिसङ्घका अध्यक्ष हुन्