यस मुद्दती खाता योजनाअन्तर्गत, ३ महिना, ६ महिना, ९ महिना वा १२ महिनाको लागि खोले पनि ११ प्रतिशतका दरले अग्रिम ब्याज भुक्तानि गरिने बताएको छ ।
‘बैङक पनि, साथी पनि’ भन्ने मुल सन्देशका साथ एनआईसी एसियाले आफ्ना ग्राहकका लागि ‘अग्रीम ब्याज भुक्तानी मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ ।
यस योजनाअनुसार ग्राहकले मुद्दती खाताखोेलेकै दिन ११∞ को वार्षिक ब्याजका दरले हुन आउने ब्याजको अग्रीम भुक्तानी एनआई सी एशिया बैङ्कमा रहेकोे आफ्नो कुनै पनि बचत खातामा पाउने सक्नेछन् । त्यस्तै यस मुद्दती खाता योजनाअन्तर्गत, ३ महिना, ६ महिना, ९ महिना वा १२ महिनाको लागि खोले पनि ११ प्रतिशतका दरले अग्रिम ब्याज भुक्तानि गरिने बताएको छ । यस्तो मुद्दती खाता जतिसुकै रकमको पनि खोल्न सकिने बैङ्कले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
व्यक्तिगत र संस्थापक दुवै निक्षेपकर्ताले खोल्न सक्ने यो मुद्दती योजनामा चाहेको बेला जम्मा गरेको रकमको ८०∞ सम्म कर्जा उपभोग गर्न सक्नेछन् । यस्तो मुद्दती खाता खोल्ने ग्राहकहरुको ५ लाख रुपैयाँसम्मको दुर्घटना बिमा पनि बैङ्कले नै गरिदिने व्यवस्था छ । यसका अतिरिक्त, यस्तो मुद्दती खाताखोल्ने ग्राहकका लागि बैङ्कले भर्खरै ल्याएको प्रिमियम समुन्नति बचत खाताको अतुलनीय विशेषताहरुबाट समेत लाभलिन सक्नेछन् ।
नेपालमा हालसम्म विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरुले सञ्चालनमा ल्याएका विभिन्न मुद्दती खाताहरुमा रहेका विशेषताहरुको तुलनामा अत्यन्त आकर्षक एवम् अतुलनीय सुविधाहरु समेटी ल्याइएकोे यस अग्रिम ब्याज भुक्तानी मुद्दती खाता सीमित अवधिका लागि मात्र सञ्चालनमा रहने भएकाले मौकाको फाइदा उठाई यथाशीघ्र यस सुवर्ण अवसरबाट प्रचुर लाभ लिन एनआईसी एसिया बैङ्कले आग्रह समेत गरेको छ ।